विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काबेली हाइड्रो पावर कम्पनीले २१.९३ मेगावाटको काबेली-३ जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्र पाएको छ । विद्युत विकास विभागले प्रदेश -१ को ताप्लेजुङ जिल्लामा पहिचान भई अध्ययन पूरा भएको आयोजनाकाे उत्पादन अनुमतिपत्र जारी गरेकाे हो ।

विभागले श्रीजंगा गाउँपालिकाको काबेली खोलामा निर्माण हुने आयोजनाको उत्पादन अनुमतिपत्र दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागले वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा ३५ वर्षका लागि उत्पादन अनुमतिपत्र दिएको हाे । 

कम्पनीले २११३ सालमा चालू अवस्थाकाे आयोजना सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ । आयोजनाकाे संरचनाकाे निर्माण सुरु गर्नुअघि पूर्व तयारीका कामहरू पूरा हुने चरणमा रहेकाले चाँडै नै संरचनाकाे काम सुरु गरिने कम्पनीले जनाएकाे छ ।

आयोजनाको बाँधबाट ५ हजार ५ सय मिटर सुरुङमार्गमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा २ वटा टवाईन जडान हुनेछ । टवाईनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक १३०.२६ गिागावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १८.३५ किलोेमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

आयोजना पूरा गर्न करिब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूजी लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit