विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् जलाशय आयोजनाको विद्युत्‌गृह कङ्क्रिटङ गर्ने काम पूरा भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाको प्याकेज-२ अन्तर्गतको यो काम  सकिएको हो ।

प्याकेज-२ को ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले उक्त काम पूरा गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । ‘विद्युत्‌गृहभित्र संरचना बनाउने काम चलिरहेको छ, सोही बमोजिम पहिलो चरणको काम पूरा भयो,’ उनले भने, 'विद्युत्‌गृह तथा सम्बन्धित उपकरण निर्माणमा हालसम्म ५९ प्रतिशत प्रगति भएको छ ।'

आयोजनाका अनुसार सुरुङतर्फ पेनस्टक पाइप जडान, वेल्डिङको काम भइरहेको छ । मुख्य सुरुङ २०८० चैत १८ गते ‘ब्रेक थ्रु (वारपार) भएको आयोजनाका अन्य कामहरू समानान्तररूपमा भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३