विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवा जिल्लाको मैलुङ खोलामा निर्माण भईरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सानिमा हाइड्रो समूहको सहायक माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको ९९ प्रतिशत निर्माण पुरा भएको आयोजनाका महा-प्रबन्धक कांगडा प्रसाईले बताए । उनका अनुसार आयोजनाको बाँकी काम पूरा गर्न एक महिना लाग्छ ।

‘अहिले परीक्षण पूर्वकाे अन्तिम चरणकाे काम भइरहेकाे छ‘, उनले ऊर्जा खबरसँग भने, ‘बैशाख तेस्राे साताभित्र सबै काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिनेछ ।‘ आयोजनाको बाँध क्षेत्रको निर्माणको काम पनि ९९ प्रतिशत सम्पन्न भइसकेको छ ।

‘आयोजनाको १.८ किलोमिटर मुख्य सुरुङको काम सकिएको छ, अहिले बाँकी रहेको प्रसारण लाइन काम भइरहेको छ’ उनले भने ।

आयोजनाबाट यसअघि नै विद्युत उतपादन गर्ने तालिका भएपनि कोरोना (कोभिड–१९) माहामारीले प्रभावित हुँदा उत्पादन ढिला हुन पुगेको हो । आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत त्रिशूली–३ बी हब सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । आयोजना निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजना पूरा भएपछि वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घन्टा विद्युत उत्पादन हुनेछ । सानिमा समूहले माथिल्लो मैलुङसहित ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

यो समूहले यसअघि २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेड आयोजनाको सफल निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाकाे थप विवरण

आयोजना ः माथिल्लाे मैलुङ

क्षमता ः १४.३ मेगावाट

प्रवर्द्धक ः माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी

आयोजनास्थल ः रसुवा

सुरुङ ः १.८ किलाेमिटर

विद्युत जाेडिने स्थल ः त्रिशुली-३ बी

लागत ः २ अर्ब ५० करोड रुपैयाँ

ऋण लगानी ः १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ (७० प्रतिशत)

वित्तिय संस्था ः सिद्वार्थ बैंक, नेपाल एसबीआई बैंक

वार्षिक विद्युत उत्पादन ः ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३