विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन समयमा निर्माण नगर्दा उपल्लो र माथिल्लो खिम्तीको विद्युत बिक्रीबाट हुने ३६ करोड रुपैयाँ आम्दानी गुमेको छ । प्रसारण लाइन समस्याकै कारण विद्युत उत्पादन सुरु गर्न नपाउँदा १२ मेगावाटको उपल्लो र ७ मेगावाटको माथिल्लो खिम्तीको प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीले यति आम्दानी गुमाएको हो ।

प्रसारण लाइनको समस्याले निर्माण सम्पन्न भएको ८ महिना बितिसक्दा पनि २ वटा आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न नपाएको कम्पनीका अध्यक्ष हरि पाण्डेले बताए । उनका अनुसार मासिक ४ करोड ५८ लाख रुपैयाँ बढीको विद्युत खेर गइरहेको छ ।

‘हामीले त आयोजना २०७७ को फागुन महिनामा नै सम्पन्न गरेका हौं,’ उनले ऊर्जा खबरसँग भने, ‘आन्तरिक परीक्षण पनि सम्पन्न गरिसकेका छौं । तर, अहिलेसम्म प्रसारण लाइनको काम सकिएको छैन । प्रसारण लाइन तयार हुने बित्तिकै हाम्रा आयोजनाको १९ मेगावाट विद्युत प्रणालीमा आउँछ ।’ उनले विद्युत प्राधिकरणबाट आगामी पुसभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउने आश्वासन पाएको पनि उनले बताए ।

आयोजनाको विद्युत उत्पादन समयमा सुरु हुन नसक्दा बैंकको ब्याजको वित्तीय भार थपिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ लागतमा दुवै आयोजना निर्माण सम्पन्न भएका हुन् ।

आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको निर्माण लम्ब्याई २०७७ सम्म पुर्याउँदा पनि प्रसारण लाइन तयार नहुँदा विद्युत खेर जाने अवस्था आएको कम्पनीले जनाएको छ ।

प्राधिकरणले प्रसारण लाइनको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको जनाएको छ । प्राधिकरणका अनुसार प्रसारण लाइनको टावर ठड्याउने र तार तान्ने काम भइरहेको छ । विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उपल्लो र माथिल्लो खिम्तीको जस्तै अन्य दर्जनौं आयोजना पनि प्रणालीमा जोडिन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit