विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले सोलुखुम्बुमा पहिचान भएको १७१ मेगावाटको दूधकोसी-६ जलविद्युत आयोजनाका सम्बन्धमा सरोकारवालासँग राय/सुझाव मागेको छ । वन तथा वातावरण मन्त्राललये आयोजनाको वातावारणीय प्रतिवेदन (इआइए) मा आएको विषयमाथि राय/सुझाव मागेको हो ।

मन्त्राललये सोमबार (असोज ३१ गते) सूचना प्रकाशित गरेर ७ दिनभित्र आयोजनाकाे प्रतिवेदनमाथि राय/सुझाव पेश गर्न सम्बन्धित सरोकारवालाहरूमा आग्रह गरेको छ । मन्त्रालयका अनुसार सरोकारवालाबाट आएको उपयुक्त राय तथा सुझावलाई प्रतिवेदन स्वीकृत गर्ने क्रममा समावेश गरिनेछ ।

आयोजना जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ र ३ मा  निर्माण हुनेछ । नदी प्रवाहमा आधारित आयोजनाका मुख्य भौतिक संरचनारूमा ग्राभिटी प्रकार डाइभर्सन वेयर, अन्डर, स्लुइस, साइट इन्टेक ग्राभेल ट्रयाक, अप्रोच कल्भर्ट, सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज ट्यांक र भूमिगत प्रकारको विद्युतगृह आदि छन् ।

आयोजनाबाट वार्षिक ९३८.९७ गिगावाट आवर (बर्खामा ६५७.१५ गिगावाट आवर र हिउँदमा २८१.८२ गिगावाट आवर) उत्पादन हुनेछ । आयोजनाका संरचनाहरू निर्माणका लागि १०.७६ हेक्टर जग्गा प्रयोग हुनेछ । जसमा सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको ७.३६ हेक्टर प्रयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit