images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
एइपिसीको २७ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठी 

काठमाडौं । ऊर्जा क्षेत्रका विज्ञहरूले नमासिने र ननासिने स्रोतबाट प्राप्त हुने ऊर्जाको प्रयोग बढाउनु पर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । स्रोत नै नष्ट हुँदै जाने पेट्रोलियम इन्धन जस्ता इन्धनबाट प्राप्त ऊर्जामा मात्रै भर पर्दा देशको ऊर्जा सुरक्षामै खतरा पैदा हुने उनीहरूको चिन्ता छ । 

एइपिसीले आयोजना गरेको ‘इनर्जी ट्रान्जिसन थ्रु डिसेन्ट्रलाइज्ड रिन्युएवल इनर्जी एन्ड इनर्जी इफिसियन्सी’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरूले ऊर्जा सुरक्षाका लागि मिश्रित ऊर्जा प्रणालीको अवधारणा अनुसार सबैखाले नविकरणीय स्रोतबाट प्राप्त हुनसक्ने ऊर्जा उत्पादन, विस्तार र प्रयोगमा जोड दिनुपर्ने बताए । साथै उनीहरूले ऊर्जा दक्षता भनेको विद्युत् खपत कम गर्नु वा विद्युत् बचत गर्नु भन्ने अर्थमा मात्र नबुझी सबै खाले स्रोतबाट प्राप्त हुने ऊर्जामा ऊर्जा दक्षता अपनाउन सकिने र ऊर्जा दक्षता अपनाउनु ऊर्जा उत्पादन गर्नु सरह हो भन्ने अवधारणा विकास गर्नुसमेत आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बढाथोकीले नवीकरणीय ऊर्जा उत्पादन र उपभोगमा रुपान्तरण हुन राज्यले स्पष्ट नीति र लक्ष्य निर्धारण गर्नुपर्ने बताए । योजना आयोगले निर्माण गरेको चालु पञ्चवर्षीय योजनामा नविकरणीय ऊर्जाको उत्पादन र प्रयोगमा जोड दिइएको उनले बताए । साथै अब निर्माणको चरणमा रहेको नयाँ पञ्चवर्षीय योजनामा पनि नवीकरणीय ऊर्जा उत्पादन र उपभोगका सन्दर्भमा नयाँ अवधारणा र लक्ष्यअनुसार अघि बढ्न सरोकारवाला सबै पक्षको सुझाव आवश्यक रहेको बताए । 

‘एसियामै पहिलो पनि नवीकरणीय ऊर्जाका रुपमा जलविद्युत् उत्पादन गरी प्रयोगमा ल्याएको नेपालले हालसम्म नविकरणीय ऊर्जामा पछि परेको छ, यसलाई अघि बढाउनुपर्छ,’ उनले भने । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले देशको समग्र ऊर्जा प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्ता अन्त्यन्तै न्युन रहेको भन्दै सबैखाले नवीकरणीय ऊर्जामा ध्यान दिनुपर्ने बताए । उनले नविकरणीय तथा स्वच्छ हरित ऊर्जाले बहुआयामिक लाभ दिने भएकोले यसमा दीगो लगानी ल्याउनु नै अहिलेका लागि चुनौतीको रुपमा रहेको बताए । 

कार्यक्रममा प्रा.डा. शालिक राम पोखरेलले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा नेपालमा ऊर्जा संक्रमण वा ऊर्जा रुपान्तरण, ऊर्जा दक्षता तथा ऊर्जाको कुरा गर्दा जलविद्युत्लाई मात्र ध्यान दिने गरिएको भन्दै समग्र ऊर्जाको कुरा गर्नुपर्ने बताए । उनले सर्वसाधारणको सहज पहुँच हुन सक्ने, सर्वधारणको आर्थिक हैसियतले धान्न सक्ने, दिगो तथा भरपर्दो नविकरणीय ऊर्जाको उत्पादन नगरेसम्म ऊर्जा प्रयोगमा रुपमान्तरण ल्याउन नसकीने बताए । यसका लािग नीतिगत व्यवस्था पनि उत्तिकै आवश्यक रहेको उनले भनाई छ । त्यस्तै, कार्यपत्र प्रस्तुत गर्दै नविकरणीय ऊर्जामा लगानी बढाउनु चुनौतीको रुपमा देखिएको बताएका छन् । 

ऊर्जा विज्ञ शेरसिंह भाटले अहिले हामीले प्रयोग गर्दै आएको मासिने र नासिने स्रोतको ऊर्जाबाट नमासिने र नमासिने ऊर्जाको स्रोतमा संक्रमणमा गई रुपान्तरण भए मात्र ऊर्जा सुरक्षा प्राप्त गर्न सकिने बताए । उनले नवीकरणीय ऊर्जाको रुपमा रहेको जलविद्युत्लाई भण्डारण योग्य ऊर्जामा परिणत गर्न हाड्रोजन ग्यासको उत्पादन गरी व्यवहारिक प्रयोगयोग्य बनाउन सकिने सम्भावना देखिएको बताए । हाइड्रोजन ग्यास खाना पकाउने कार्यमा प्रयोग गर्न सकिने बनाउन सके यसले मासिने ऊर्जा स्रोतबाट प्राप्त एलपीजीलाई विस्थापित गर्न सकिने संभावना रहेको समेत इंगित गरे । 

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव मोहनकुमार शाक्य र जल तथा ऊर्जा आयोगकी सिनियर डिभिजनल इन्जिनियर किरण गौतमले नेपालमा समग्र ऊर्जालाई एकै मन्त्रालयमार्फत नेतृत्व र नियमन गर्न नेपाल आयाल निगमलाई ऊर्जा मन्त्रालय मातहतमा राखेर सञ्चालन गर्दा नतिजा प्रभावकारी रहने औँल्याएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई राख्दा हाल निगम विशुद्ध आयात व्यापार गर्ने निकायको रुपमा मात्रै सीमिति भएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा दक्षता तथा नवीकरणकरणीय ऊर्जाको विकास र नियमनका लागि छुट्टै ऐन बनाउने गरी विधेयक निर्माण भइरहेकोले अब नविकरणीय ऊर्जाको विकासमा सहजता आउने बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपालका बैंक तथा वित्तीय संस्थाले जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा आयोजनालाई सकेसम्म एकल अंकको व्याजदरमा ऋण लगानी प्रवाह गरिरहेको बताए ।

‘नेपालका बैंक तथा वित्तीय संस्थाले चुपचाप विदेशी लगानी समेत ल्याएर नेपालको नवीकरणीय ऊर्जा आयोजनामा लगानी गरिरहेका छन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी लगानी नेपालको जलविद्युत्सहितका नवीकरणीय ऊर्जा आयोजनामै गएको छ ।’

कार्यशालाअन्तर्गत ऊर्जा संक्रमण र नवीकरणीय ऊर्जामा लगानी गरी दुई फरक–फरक सत्रमा २० भन्दा बढी विज्ञ तथा सरोकारवाला र जानकारले आआफ्ना धारणा राखेका थिए । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit