विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) ले वर्ष २०८१ लाई ‘नवीकरणीय ऊर्जा वर्ष’ घोषणा गर्न प्रस्ताव गरेको छ । पृथ्वीको तापक्रम बढ्न नदिन खनिज इन्धनको प्रयोग शून्य बनाउन आवश्यक रहेको र यसका लागि नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने धारणाका साथ यस्ताे प्रस्ताव गरिएकाे हाे ।

रिकाेनले नयाँ वर्ष लागेसँगै एक प्रस्तावपत्र जारी गर्दै सन् २०३० सम्म सबैलाई नवीकरणीय ऊर्जाको पहुँच पुर्याउने दिगो विकास लक्ष्य (एसडिजी) को लक्ष्य रहेको र नेपालले समेत कार्बन उत्सर्जन कटौतीका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गर्न पनि नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग बढाउनुपर्ने उल्लेख गरेकाे छ । यसका लागि ‘नवीकरणीय ऊर्जा वर्ष’ घोषणा गरी सोही अनुसार नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन रिकोनको प्रस्ताव छ ।

नवीरकणीय ऊर्जालाई प्रवर्द्धन गर्न सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुँदा अपेक्षाकृत सफलता प्राप्त हुन नसकेको जनाएको छ । नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन र विकासका लागि आवश्यक नीति, योजना कार्यान्वयनमा सहजीकरण, नवीन प्रविधिको विकास र आर्थिक क्षमता विस्तार आवश्यक छ । नेपालको निजी क्षेत्रले नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा लामो अनुभव, लगानी तथा विज्ञता हासिल गरेको भन्दै नीति, प्रविधि र आर्थिक क्षमता वृद्धिका लागि सरकार र सम्वद्ध निकायको ध्यान केन्द्रित हुनुपर्ने रिकाेनका अध्यक्ष गुणराज ढकालले बताए ।

नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रयोगमा विश्वस्तरीय निकायबाट प्राप्त गर्न सकिने आर्थिक सहयोग र सस्तो ब्याजदरको ऋण प्राप्त गर्न तथा कार्बन व्यापारबाट लाभ लिन सरकारले सम्बन्धित निकाय र निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्ने रिकोनको माग छ । जलविद्युत्‌बाहेक सौर्य विद्युत्, बायोग्यास, बायोमास र वायु ऊर्जालाई पनि ऊर्जा सुरक्षा तथा ऊर्जा मिश्रणको अवधारणासँग जोडेर नवीकरणीय ऊर्जाको उपयोग बढीभन्दा बढी गर्न रिकोनको माग छ ।

नवीकरणीय ऊर्जाबारे सरकारी नीति

नेपालले जिम्मेवार सदस्य राष्ट्रको हैसियतले विश्वस्तरीय अभिसन्धि तथा विभिन्न समझादारीमा ऐक्यबद्धता जनाएको छ । वि.सं. २०७५ को वैशाखमा नेपाल सरकारबाट जारी गरिएको श्वेतपत्र, राष्ट्रिय आवधिक योजनारूप तथा राष्ट्रिय प्रतिबद्धताले पनि नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखेका छन् । ऊर्जा श्वेतपत्रमा नवीकरणीय ऊर्जा दशक २०७५–२०८५, हरेक घर : ऊर्जा घर, हरेक बस्ती : ऊर्जा बस्ती, सबैका लागि स्वच्छ भान्छा जस्ता महत्वाकांक्षी लक्ष्य समावेश गरिएको छ । यसैगरी खाना पकाउन विद्युतीय उपकरण, यातायातका साधन विद्युतीय ऊर्जाबाट चल्ने र उद्योग धन्दाका लागि बिजुलीमा पनि जोड दिएर नीति कार्यक्रम र योजना समावेश गरिँदै आएको छ ।

नवीकरणीय ऊर्जालाई विश्वकै प्राथमिकता

नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोग बढाउने सन्दर्भमा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न अर्थ समिट, सन् १९९४ मा जापानको क्योटोमा सम्पन्न क्योटो सम्मेलन, सन् २०१५ मा फ्रान्सको पेरिसमा आयोजित कोप–१६, सन् २०२१ मा बेलायतको ग्लासगोमा आयोजित कोप–२६ र सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा आयोजित कोप–२८ विशेष रूपले उपलव्धिमूलक मानिएको रिकोनले उल्लेख गरेको छ । कोप–२८ मा खनिज इन्धनको प्रयोगलाई पुरै बन्द गर्नुपर्ने माग भए पनि क्रमैसँग घटाउने सहमति भएपछि नवीकरणीय ऊर्जाको महत्त्व र उपादेयता अझ बढेको उसको भनाइ छ । सन् २०३० सम्म नवीकरणीय ऊर्जाको क्षमता तीन गुणा र ऊर्जा दक्षता दुई गुणा पुर्‍याएर जलवायु परिवर्तनको असर नियन्त्रण गर्नुपर्ने समझदारीलाई पनि रिकोनले अत्यन्तै उत्साहजनक मानेको छ । 

के हो नवीकरणीय ऊर्जा प्रविधि ?

प्रयोग गर्दा नसकिने बरु पुनः प्रयोग गर्न सकिने स्रोत परिचालन गरेर उत्पादन गरिएको ऊर्जालाई नवीरकणीय ऊर्जा भनिन्छ । नेपालको सन्दर्भमा खोला–नालामा बगिरहेको पानीबाट जलविद्युत्, सूर्यको किरणबाट सौर्य विद्युत् र सौर्य तापीय ऊर्जा, जैविक सामग्रीबाट जैविक ग्यासका साथै ब्रिकेट, पालेट नवीकरणीय ऊर्जा हुन् । त्यस्तै वायुको गतिलाई परिचालन गरी उत्पादन गरिएको ऊर्जा पनि नवीकरणीय ऊर्जा हो । वन, जंगल, रूख, बिरुवा, बुट्यानबाट प्राप्त हुने दाउरा, झारपात आदी स्रोत तथा उपभोक्तालाई कम हानी हुने तरिकाबाट परिचालन गर्नुलाई पनि नवीकरणीय ऊर्जा प्रविधि मानिएको छ । 

यस्ता छन् नवीकरणी ऊर्जाका फाइदा

स्वास्थ्यमा अनुकुल असर (घरभित्रको धूँवा नियन्त्रण हुने), दाउरा खपत न्यूनीकरण वा शून्यकरण (वन जंगल संरक्षण हुने), घरधन्दाको समय न्यूनीकरण (आय आर्जनका लागि अवसर हुने), उज्यालो र पुग्दो प्रकाश (साँझ, राति पनि पढाइ, लेखाइ र काम गर्न सकिने), प्राकृतिक स्रोतको परिचालन (आयात गर्नुपर्ने खनिज इन्धनको प्रयोग न्यूनीकरण) लगायत नवीकरणीय ऊर्जाका फाइदा छन् । नेपालमा जलविद्युत्, लघुजलविद्युत्, सौर्य विद्युत्, सौर्य तापीय, बायोग्यास, बायोमास, वायु ऊर्जा जस्ता नवीकरणीय ऊर्जाका प्रविधि परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३