विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुर–ठिमी १३२ केभी भूमिगत डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले ३.२७ किलोमिटर लामाे भुमिगत लाइन निर्माण गर्न लागेको हो ।

प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणाका अनुसार लाइन निर्माण गर्दा सो क्षेत्रको प्राकृतिक भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीबीच पर्ने प्रभावको बारेमा स्थानीयसँग राय/सुझाव माग गरिएको छ ।

लाइन निर्माण गर्दा विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थामा पर्नसक्ने असरबारे लिखित राय सुझाव माग गरिएको छ । इच्छुकले आगामी ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको हो । इच्छुकले अफ्नो राय/सुझाव प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागमा पठाउन सक्नेछन् ।

लाइन निर्माण गर्दा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ र २, चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ तथा मध्यपूर ठिमी नगरपालिकाको वडा नम्बर ५,६ र ९ प्रभावित हुनेछ ।

प्रस्तावित प्रसारण लाइन देको मिवा इटापाके जग्गा एकीकरण आयोजना, कासँगकुसँग खोलाको किनारवाट पुरानो सडक हुँदै थिमी सवस्टेसनसम्मको विद्यमान सडकमा डिलिङ वा ओपन कट ट्रेन्च खनेर विद्युतको केवल जमिन मुनिवाट लगिनेछ । केवल ट्रेन्च २ मिटर चौडा २ मिटर गहिरो हुनेछ ।

ज्वाइन्ट्स पिट ४ मिटर चौडा, ६ मिटर लामो र २ मिटर गहिरो हुनेछ । सवस्टेसन र भूमिगत विद्युत मार्गका लागि कुनै पनि प्रकारको जग्गा अधिग्रहण नहुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit