विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
भारतीय विदेशमन्त्री एस जयशंकरकाे नेपाल भ्रमण

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरकाे नेपाल भ्रमणका क्रममा बिहीबार एकै पटक तीन वटा क्रसबोर्डर प्रसारण लाइनकाे उद्घाटन हुने भएकाे छ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र भारतीय समकक्षी जयशंकरले आज (पुस १९ गते) संयुक्त रूपमा लाइनको उद्घाटन गर्ने कार्यक्रम छ ।

मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) १३२ केभी प्रसारण लाइन, कुशाहा (नेपाल)–कटैया (भारत) १३२ केभी दोस्रो सर्किट प्रसारण लाइन र परवानीपुर (नेपाल)–रक्सौल (भारत) १३२ केभी दोस्रो सर्किट प्रसारण लइन परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन हुने लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन् । रक्सौल–परवानीपुर, कुशाहा–कटैया प्रसारण लाइनको एक/एक वटा सर्किट सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरी डबल सर्किटमा निर्माणाधीन छन् ।

यी लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली आदान प्रदान हुँदै आएकोमा दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली आदान प्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ । यसैगरी, २०० मेगावाट विद्युत् प्रवाह हुने न्यू नौतनवा–मैनाहिया लाइन भने एक एक साता अघि मात्र चार्ज भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit