विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पछिल्लो समय विद्युत् क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहको भगिनी कम्पनी प्याेर इनर्जी लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने भएको छ । प्याेर इनर्जीमार्फत नेपालमा दाेस्राे पटक सौर्य ऊर्जातर्फ सेयर जारी हुन लागेको हो ।

कम्पनीले सय रुपैयाँमा अंकित १६ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका जनाइएको छ । कम्पनीले १६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

समूहले प्याेर इनर्जीमार्फत ६० मेगावाटको सौर्य ऊर्जा परियोना अघि सारेको छ । जसमध्ये २० मेगावाटका दुई आयोजनाको निर्माण पूरा गरी सञ्चालन भइरहेको छ । बाँकी ४० मेगावाटका ४ आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

उत्पादी सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ । बाँकी निर्माणका चरणमा रहेकामध्ये एउटा (१० मेगावाट) ले उत्पादन अनुमतिपत्र लिएर विद्युत् खरिद सम्झौता (पिपिए) को प्रक्रियामा अगाडि बढाएको छ । बाँकी ३ वटा (३० मेगावाट) उत्पादन अनुमतिपत्र पिपिए बाहेक सबै काम पूरा गरी पिपिए पर्खाइमा रहेको तर बोलकबोल प्रक्रिया लागु गरेको हुँदा पिपिए हुन नसकेको अर्यालको भनाइ छ ।

गोल्यान समूहले ८०० मेगावाटका जलविद्युत् आयोजना निर्माण प्रक्रिया पनि अघि बढाएको छ । जसमध्ये ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजना निर्माण पूरा गरी उत्पादन गरिरहेको छ । समूहले कृषि, निर्माण, वित्तीय सेवा लगायत विभिन्न क्षेत्रमा आवद्ध रहेको समूहले ऊर्जा विकासमा पनि व्यापक रूपमा अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit