विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले रसुवामा निर्माणाधीन जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि साढे ३६ लाख कित्ता साधारण सेयर आगामी भदौ ५ गतेदेखि निष्कासन गर्ने भएको छ ।

सय रुपैयाँ अंकित ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जिल्लाको अति प्रभावित आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने लाइनबाट प्रभावित सोही पालिका वडा नम्बर ४, सामान्य प्रभावित सोही पालिकाको वडा नम्बर १, २ र ३ र न्यून प्रभावित जिल्लाको बाँकी सम्पूर्ण बासिन्दाका लागि सेयर निष्कासन गरीनेछ ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । आवेदकले छिटोमा छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले रसुवाको आमादोदिङ्गो गाउँपालिकामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit