विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  काठमाडाैं उपत्यकामा विद्युतकाे स्मार्ट मिटर जडान गर्ने ग्राहक  ४५ हजार पुगेका छन् । नेपाल विद्युत प्राधिकरणले साढे ७ महिनामा यति स्मार्ट मिटर जडान गरेकाे हाे ।

प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत ग्राहककाे घरमा  सिंगल तथा थ्रीफेज स्मार्ट मिटर जडान भइरहेकाे आयाेजना प्रमुख राेशन न्याैपानेले बताए । उनका अनुसार महाराजगन्ज वितरण केन्द्रअन्तर्गत सबैभन्दा बढी ३० हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएकाे छ ।

‘ अब याे वितरण केन्द्रको झोर र टोखा क्षेत्रका ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्न बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसकाे बूढानिलकण्ठ उपवितरण केन्द्रअन्तर्गत पनि ३ हजार ग्राहकको घरमा मिटर जडान भइसकेका छन्।’ उनले बुढानीलकण्ठ अन्तर्गत ९ हजार ग्राहकको घरमा मिटर जडान गर्न बाँकी रहेकाे बताए ।

यस्तै, रन्तपार्क वितरण केन्द्रअन्तर्गत ७ हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरिएको छ । केन्द्रअन्तर्गतको नक्साल उप–वितरण केन्द्र अन्तर्गत पनि ५ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको न्याैपानेले जानकारी दिए। यो उप–वितरण केन्द्र अन्तर्गत ७ हजार ग्राहक छन् ।

महाराजगन्ज र बूढानिलकण्ठका ग्राहकको घरको मिटर जडान कार्य पूरा भएपछि सबै टोली रन्तपार्क वितरण केन्द्र अन्तर्गत पर्ने असन र न्युरोड क्षेत्रमा खटाउने पनि उनले बताए ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ९८ हजार ग्राहकको विद्युत मिटर स्मार्ट बनाउने लक्ष्य भए पनि असन र न्यूरोड क्षेत्रमा कठिनाइ देखिएकाले बूढानिलकण्ठ वितरण केन्द्रका ग्राहकको घरमा जडान थालिएको प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणले ३० वटा समूह खटाएर जडान कार्य तिव्र रुपमा अघि बढाएको छ । कोेरोना (कोभिड–१९) महामारी रोक्न गरिएको लकडाउन तथा निशेधाज्ञाका बेला काम सुस्त भएपनि अहिले भने तिव्रता पाएको छ ।

प्राधिकरणले स्मार्ट मिटर जडान भएका ग्राहकलाई एसएमएसबाट खपत गरेको विद्युत महसुलको बिल पठाउने गरेको छ । स्मार्ट मिटर जडानपछि प्राधिकरणको हरेक महिना मिटर रिडिङमा हुने खर्च कटौती भएको छ ।

स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत जडान कार्य सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ । आयोजनाअन्तर्गत दोस्रो चरणमा काठमाण्डौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit