विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । औद्योगिक घराना केसी समूहले लगानी गरेको ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । झ्यामोलोङ्मा हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाको २२८३ मिटर लामो मूख्य सुरुङ खन्ने काम सकिएको हो ।

सफलतापूर्वक आयोजनाको मूख्य सुरुङ चैत १७ गते (शुक्रबार) ‘ब्रेक थ्रु’ भएको कम्पनीका प्रबन्धक निराजन महर्जनले बताए । अब, सुरुङ ढलानको काम सुरु हुनेछ । सुरुङको ढलानको काम पूरा गर्न ६ महिना लाग्ने महर्जनले बताए ।

आयोजनाको अहिले सबै क्षेत्रको काम एकसाथ अघि बढेको छ । समग्र रुपमा ७० प्रतिशत निर्माण पूरा भएको आयोजनाको सिभिल संरचना ८५ प्रतिशत पूरा भएको महर्जनले बताए । ‘आयोजनाको बाँध क्षेत्रको बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ बेसिन) लगायतको काम पूरा गरी अन्तिम चरणमा काम भइरहेको छ’, उनले ऊर्जा खबरसँग भने, भने, ‘विद्युतगृहको पनि जग खन्ने काम पूरा भएको छ ।’

कोरोना महामारीको समयमा पनि सावधानीका उपाय अपनाएर आयोजनाको निर्माणलाई निरन्तरता दिन सकेकाले निर्माण प्रगति भएकाे कम्पनीले जनाएको छ । अहिले निर्धारित तालिका अगावै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने गरी निर्माण भइरहेकाे छ ।

सुरुको तालिकाअनुसार आयोजनाबाट २०७९ बैशाखभित्र उत्पादन गर्ने लक्ष्य थियाे, तर काेराेना महामारी लगायत विविध कारणले तालिका प्रभावित भएकाे थियाे । नयाँ तालिका अनुसार २०८० साल चैतभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य थियो, तर, निर्धारित तालिकाभन्दा ३ महिनाअगावै उत्पादन सुरु गर्ने लक्ष्य रहेकाे महर्जनले बताए ।

आयोजनाले उत्पादन गर्ने विद्युत ११ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाको विद्युत ५ किलोमिटर दुरीमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको आयोजनाको स्वीचयार्डमा पुर्याइनेछ । भिजन लुम्बिनीको स्वीचयार्डदेखि दुई आयोजनाको विद्युत करिब ६ किलोमिटर दुरीमा रहेको लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

प्रसारण लाइनको पनि काम तिव्र गतिमा अघि बढेको छ । आयोजना सम्पन्न गर्न ५ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३ वटा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी स्वपुँजी लगानी हो ।

करुवा सेती केसी समूहले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो आयोजना हो । यो समूहले १ मेगावाटबाट सुरुवात गरी अहिले ३२ मेगावाटको एउटै आयोजना निर्माण गरिरहेको हो । केसी समूहको यो ७औं आयोजना पनि हो ।

यसअघि यो समूहले लगानी गरेका ६ वटा जलविद्युत आयोजनाले निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । ४.८ मेगावाटको मर्दी खोला, १ मेगावाटको सेती–२, ४.५ मेगावाटको विजयपुर, १३ मेगावाटको मद्क्यु खोला, ७ मेगावाटको माथिल्लो मर्दी र ४.५ मेगावाटको विजयपुर–२ आयोजना निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएका छन् ।

यी आयोजनाको जडित क्षमता ३५ मेगावाट छ । केसी समूहले यी बाहेक २० मेगावाटको माथिलो सेती सहित ३ जलविद्युत आयोजना पनि अघि बढाउँदैछ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : करुवा सेती

क्षमता : ३२ मेगावाट

प्रवद्र्धक : झ्यामोलोङ्मा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी

आयोजनास्थल : कास्की, माछापुच्छ्रे गाउँपालिका

सुरुङ : २२८३ मिटर

निर्माण सुरु : २०७४ असोज

उत्पादन तालिका : २०७९ बैंशाख, संसोधित : २०८० पुस

विद्युत खरिद दर (पिपिए) : बर्खा : ४.८० र हिउँदमा : ८.४० रुपैयाँ

लागत : ५ अर्ब ७१ करोड रुपैयाँ

ऋण लगानी : ७० प्रतिशत

सबस्टेसन ः लाहाचाेक

प्रसारण लाइन क्षमता : १३२ केभी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit