विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंकोस हाइड्रो पावर प्रालिले ३.४५ मेगावाटको सिंकोस खोला जलविद्युत आयोजना ३ वर्षमा सम्पन्न गर्ने भएको छ । कम्पनीले म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिमा पहिचान भएको आयोजना २०८३ मा सम्पन्न गर्ने भएको हो । 

गण्डकी प्रदेश, म्याग्दी जिल्लाकोे धवलागिरीमा आवस्थित सिंकोस खोलामा पहिचान भइ अध्ययन पुरा भएको आयोजना निर्माण गर्न विद्युत विकासमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाइनेछ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका विषयमा सरकोकरवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ । 

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको जडित क्षमता ३.४५ मेगावाट हुनेछ । यस आयोजनाबाट वार्षिक सरदर २१.६७ मेगावाट विद्युत उत्पादन हुनेछ ।

आयोजनाको मुख्य संरचनाहरु सिंकोस खोलाको दायाँ किनारामा पर्नेछ । विद्युत गृहमा जडित २ वटा होरिजेनटर पेल्टन टर्बाइन र २ वटा ३ फेज एमभिए रेटेड क्यापासिटी मार्फत विद्युत उतपादन गरिनेछ । विद्युत गृहनजिकै स्वीच्यार्ड निर्माण गरिनेछ । 

आयोजनाबाट उत्पादित विद्युत १० किलोमिर लामो ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको निर्माणधीन डाडाँखेत सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वाय प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit