विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सोलुखुम्बु जिल्लामा सञ्चालित तल्लो सोलु जलविद्युत् आयोजनाको ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सन् २०१७ बाट निर्माण सुरु गरिएको जलविद्युत् आयोजनाले साउन ४ गतेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर परीक्षण उत्पादन सुरु गरेको हो । 

आयोजनाको बिजुली जिल्लाको लाम्मानेमा रहेको सोलु करिडोरको १३२ केभी प्रसारण लाइनमा जोडेर परीक्षण उत्पादन सुरु गरिएको छ । ४१ मेगावाटका दुवै युनिटको छुट्टाछुट्टै परीक्षण सुरु गरिएको भए पनि बुधबार सकिने जनाइएको छ । त्यसपछि नेपाल विद्युत् प्राधिकरणले १५ दिनको परीक्षण उत्पादन सकेपछि आयोजनाबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने छ । 

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र वडा–७ गार्माको सिमाना रहेको साल्मेमा बाँध निर्माण गरी आयोजनाले विद्यूत् निकाल्न ६.२ किलोमिटर तल पर्ने तिङ्ला भदौरेमा रहेको विद्युत्गृहमा सुरुङमार्फत पानी पुर्‍याएर विद्युत् उत्पादन गरेको छ । 

विद्युत् उत्पादनका लागि परियोजनाले ४.२ किलोमिटर हेडरेस र २ किलोमिटर भूमिगत हेडरेस पाइपलाइन विस्तार गरेर बाँधबाट फर्काएको पानी भदौरेमा पुर्‍याएको हो ।

आयोजनामा नेदरल्यान्ड्सको एफएमओ बैंकको करिब १७ अर्बको ऋण लगानी रहेको छ । भौगोलिक कठिनाइ, स्थानीय अवरोध, प्राकृतिक विपत् जस्ता कारणले आयोजनाको निर्माण ५ वर्षमा पूरा गर्ने भनिए पनि ८ वर्षमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३