विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको तेस्स्रो संकरणको ‘हिमालयन हाइड्रो एक्स्पो’ ले आन्तरिक विद्युत खपतमा वृद्धि गर्ने र निर्यातका लागि बजारीकरणको ठुलो ज्ञान हासिल गर्नेछ । गत शनिबार (चैत १९ गते) देखि सुरु भएको एक्स्पो आज (सोमबार) सकिदैछ ।

एक्स्पो अवधिभर भएको हाइड्रो पावर सम्बन्धि विषयत टेक्निकल सेसन र निर्माता, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, लगानीकर्ता र बैंक/वित्त कम्पनीलगायत स्टलबाट विद्युत खपत र बजारीकरणमा ठुलो ज्ञान हासिल हुने एक्स्पोको मुख्य प्रायोजक रहेको एनएमबी बैंकका प्रमुख  लगानी अधिकृत श्रीजेश घिमिरेले बताए । उनका अनुसार जलसम्पदामा सम्पन्न, समृद्ध नेपालको सपना पूरा गर्न बैंक इपानसँगको सहकार्यमा एक्स्पोमा सहभागि भएको हो ।

‘एक्स्पोमा फाइदाका लागि नभएर ऊर्जा विकास र विस्तारमा सहयोग गर्न सहकार्य गरिएको हो’, उनले भने, ‘राष्ट्रको प्राथमिकता र ऊर्जा विकासको लक्ष्य पूरा गर्न बैंकले गर्नुपर्ने कार्यमा हामीले साथ दिएका हौ ।’

एक दर्जन बढी देशका विभिन्न व्यवसायमा संलग्न प्रतिनिधिको स्टल रहने एक्स्पोमा विद्युत उत्पादनसँग प्रसारण तथा बजार विस्तारमा सहायक सिद्ध हुने घिमिरेले बताए । गुणस्तरीय उपकरण सामान पाउने र यसले ऊर्जाको लागत समेत घट्ने विश्वास गरिएको छ ।

एक्स्पोले गर्दा सिधै पहुँच हुने, समय र पुँजीको बचत हुने, विकास भएका नयाँ डिजाइनका उपकरणको बारेमा पत्ता लगाउन पनि सहज भएको घिमिरेले बताए । एक्स्पोमा नेपालको भन्दा पनि विदेशी कम्पनीमा सहभागिता बढी देखिएको छ, यसको मतलब ऊर्जा क्षेत्रको विकासमा अझ सहज हुनेछ ।

बैंकले हालसम्म करिब ४५ वटा जलविद्युत आयोजनामा लगानी गरेको छ । लगानी गरेको आयोजनामध्ये २३ वटा सञ्चालन छन् । बाँकी २२ वटा निर्माणका विभिन्न चरणमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३