विद्युत अपडेट

  • प्राधिकरण : १०१३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १४८९१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३०६८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६६५ मे.वा.
२०८० असोज १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । बुधबार राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको छ ।

बिहीबार बिहान ६ बजे २ लाख २९ हजार ३ सय ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसैगरी आज बिहान ८ बजेको मापनअनुसार २ लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।

कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको यादवले बताए ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलंका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको यादवले बताए । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको छ । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit