विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभामा २२० केभी तुम्लिङटार–शितलपाटी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको छ । भोजपुर तथा संखुवासभामा निर्माणाधीन, निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनाको विद्युत जोडिने लाइन निर्माण अघि बढाउन सम्झौता भएको हो ।

लाइन निर्माणको ठेक्का भारतीय कम्पनी कल्पतरु ट्रान्समिसन कम्पनी लिमिटेडले पाएको आयोजना प्रमुख रागवेन्द्र झाले बताए । उनका अनुसार २२ मिलियन अमेरिकी डलर र ८३० मिलीयन नेपाली रुपैयाँमा १४ किलोमिटर लामो डबल सर्किट लाइन निर्माण गर्न सम्झौता भएको छ ।

‘ठेक्का आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रतिस्पर्धामा सबैभन्दा कम दर प्रस्ताव गरेको कल्पतरु ट्रान्समिसनसँग सम्झौता गरिएको हो’, उनले ऊर्जाखबरसँग भने, ‘सम्झौतालगत्तै ठेकेदारले डिजाइन र सर्वेक्षणको काम सुरु गर्नेछ ।’ ठेक्का सम्झौताको अवधि ३० महिना छ ।

इसुवा, इर्खुवा, चिर्खुवालगायतका खोलामा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेको आयोजनाको विद्युत जोड्न यो लाइन निर्माण गरिएको हो । आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन (इआए) २१ महिना अगाढीनै तयार गरिएपनि नेपाल वायुसेवा निगमले रोक्दा लाइन निर्माण ढिला भएको ४० मेगावाटका तल्लो इसुवा खोलाका प्रवर्द्धक इसुवा इनर्जी प्रालिका अध्यक्ष विक्रम विष्टले बताए । ‘निगमले तुम्लिङटारमा लाइन निर्माण गर्दा एयरपोर्टमा समस्या हुने भन्दै इआए प्रतिवेदन अघि बढाएको थिएन्’, उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतसँग सहकार्य गरी इआए स्वीकृत भइ  ठेक्का आह्वान गरी सम्झौता भएको हो ।’

यो २२० केभी कोसी कोरिडोरको सहायक प्रसारण लाइन आयोजना हो । यो प्रसारण लाइन निर्माण सम्पन्न हुँदा ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । विद्युत प्राधिकरणले शीतलपाटी सबस्टेसनमा जोडिने गरी यसअघि नै ४ सय मेगावाटका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

पिपिए भइसकेका यी आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । प्रसारण लाइनका लागि ४२ वटा टावर निर्माण हुनेछन् । प्राधिकरणले प्रसारण लाइन आयोजना निर्माण गर्न ५१.५०२५ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसमा १३.९३७ हेक्टर शीतलपाटी सबस्टेसन र प्रसारण लाइनको टावर राख्नका लागि आवश्यक पर्ने देखिएको छ । बाँकी ३७.५६५५ हेक्टर ‘राइट अफ वे’ का लागि उपयोग हुनेछ ।

प्रसारण लाइनको शीतलपाटी सबस्टेसनमा जोडिने गरी पिपिए भएका १५ जलविद्युत आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । ४० मेगावाटको तल्लो इसुवा खोला, ९७.२ मेगावाटको माथिल्लो इसुवा, १४.१५ मेगावाटको तल्लो इर्खुवा, ४.७ मेगावाटको माथिल्लो चिर्खुवालगायतका आयोजनाबाट उत्पादन हुने विद्युत यही प्रसारण लाइन हुँदै कोसी कोरिडोरको तुम्लिङटार सबस्टेसनसम्म पुर्याइनेछ । पहिले कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झौता भएका केही जलविद्युत आयोजना शीतलपाटीमा जोडिनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit