images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथर र ताप्लेजुङ जिल्लाकाे काबेली खोलामा २५ मेगावाटको काबेली बी–१ जलविद्युत अयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अरुण काबेली पावर कम्पनी लिमिटेडको ४ करोड रुपैयाँले नाफा घटेको छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणमा नाफा घटेको देखिएको हो ।

यस अवधिमा ४ करोड २ लाख ५० हजार १ सय ३९ रुपैयाँले नाफा घटेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ९७ लाख ९१ हजार ७ सय रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आवमा २४ करोड ९५ लाख ४१ हजार ५ सय ६१ रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको खुद नाफा घटे पनि विद्युत बिक्री बाट हुने आम्दानी भने अघिल्लो आवको तुलनामा बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्री गरी ७५ करोड १० लाख ९९ हजार ३ सय २ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको यही समय अवधिमा ७० करोड ६७ लाख ६ हजार ८ सय ३६ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको अन्य स्रोतको आम्दानी अघिल्लो आवको तुलनमा घटेको छ । अघिल्लो आवमा कम्पनीले अन्य स्रोतबाट २ करोड ६ लाख २१ हजार ६ सय ४३ रुपैयाँ आम्दानी गरेको थियो भने गत आवमा ४ लाख ७८ हजार ८ सय ५३ रुपैयाँ मात्र आम्दानी गरेको विवरणमा उल्लेख छ । 

कम्पनीको २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit