विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार तथा कर्मचारीहरूको उद्धार कार्य निष्प्रभावी बनेको छ । ठूला एक्सकाभेटरलगायत उपकरणको अभावमा उद्धार कार्य प्रभावकारी हुन नसकेको हो ।

भदौ १० गतेको विनाशकारी भाेटेकाेसी बाढीपछि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीसहितकाे उद्धार टाेली ४ दिनदेखि जुटिरहेको छ । यद्यपि, ठूला उपकरणको अभावका कारण पुरिएकाे सुरुङलगयात संरचना उत्खननको काम सुस्त बनेको आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुङ्‌गेलले ऊर्जा खबरलाई बताए । 

उनका अनुसारआयोजनास्थलको दायाँ-बायाँ दुवैतर्फको बाटो बाढीले बगाएकाले ठूलो एक्सकाभेटरको पुऱ्याउन सकिएको छैन । अहिले सुरुङ क्षेत्रमा एउटा सानो एक्सकाभेटरले काम गरिरहेको छ भने थप २ वटा साना एक्सकाभेटर थप्ने तयारी भइरहेको छ । उद्धार स्थलमा लेदो र ठूला-ठूला चट्टान रहेकाले साना उपकरणबाट काम गर्न निकै सास्ती भइरहेको र मानिसहरू स्वयं खटिएर हातले काम गर्न असम्भव देखिएको छ । 

ठूला एक्सकाभेटरका पार्टपुर्जा फुकालेर लैजानका लागि पनि सबैभन्दा भारी भाग कम्तीमा चार टनको हुने र नेपालमा उपलब्ध एमआई-१७ हेलिकप्टरले बढीमा साढे २ देखि ३ टनसम्म मात्रै भार बोक्न सक्ने भएकाले एयरलिफ्ट गरेर लैजान असम्भव भएको उनको भनाइ छ ।

दुई वटा पङ्खा भएका 'चिनुक' जस्ता ठूला हेलिकप्टर मार्फत एयरलिफ्ट गर्न सके मात्र ठूला उपकरण पुऱ्याउन सकिने र त्यसका लागि छिमेकी वा मित्रराष्ट्रबाट सहयोग लिन सरकारसमक्ष पहल र अनुरोध गरिएको ढुङ्‌गेलले जानकारी दिए । यद्यपि, उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार टोली निरन्तर खटिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३