विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा क्षेत्रको एकमात्र अनलाइन तथा छापा संस्करण (अर्धवार्षिक) ऊर्जा खबरको कार्यकारी सम्पादकमा पुष्प कोइराला नियुक्त भएका छन् । विगत डेढ दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय कोइराला आज (भदौ १८ गते, सोमबार) देखि यस पत्रिकामा जोडिएका हुन् ।

जलस्रोत तथा ऊर्जासँग सम्बन्धित पत्रिका ‘ऊर्जा खबर’सँग जोडिन पाउँदा आफू उत्साहित भएको उनले बताए । खुसी व्यक्त गर्दै उनले भने, ‘अब डेढ दशकको अनुभवका आधारमा यस पत्रिकालाई नयाँ उचाइमा पुर्याउन मैले सक्दो पहल गर्छु ।’ ऊर्जा खबरको अनलाइन र छापा दुवै संस्करणलाई अझ स्तरीय बनाउन आफू सक्रिय रहने उनले प्रतिबद्धता जनाए ।

रेडियो पत्रकारिताबाट यात्रा सुरु गरेका उनले पछिल्लो समय ऊर्जा, जलस्रोत, बैंकिङ, पूर्वाधार एवम् अर्थ–राजनीति क्षेत्रमा समेत केन्द्रित रहेर कलम चलाउँदै आएका छन् । कोइराला पछिल्लो दुई वर्षदेखि मकालु खबर डट कमको कार्यकारी सम्पादक रहेर काम गर्दै आएका थिए ।

२०६५ सालमा वीरगन्जस्थित रेडियो इन्द्रेणी (एमएफ) बाट पत्रकारिता सुरु गरेका कोइराला त्यहाँको करिब डेढ वर्षको कार्यकालपछि काठमाडौं प्रवेश गरेका थिए । काठमाडौंमा आर्थिक क्षेत्रसँग सम्बन्धित पत्रिका ‘आर्थिक अभियान राष्ट्रिय दैनिक’मा उनले करिब ३ वर्ष काम गरेका थिए ।

यसैगरी, कोइरालासँग नागरिक दैनिकमा ३ वर्ष, क्यापिटल नेपालमा करिब ७ महिना, नयाँ पत्रिका दैनिकमा साढे २ वर्ष ऊर्जा, जलस्रोत तथा अन्य पूर्वाधार बिटमा केन्द्रित रहेर कलम चलाउँदै आएको अनुभव छ । पत्रकारितासँग सम्बन्धित झण्डै डेढ दर्जनभन्दा बढी तालिम–प्राप्त उनले स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit