images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । दोलखाको पर्यटकी क्षेत्र च्छोरोल्पा हिमताल नजिकको गाउँ ‘ना’ उपत्यकामा विद्युत् सेवा पुगेको छ । गाउँ ४ हजार २०० मिटरको उचाइमा रहेको ‘ना’ गाउँ दोलखाको अति दुर्गम गाउँ हो । ‘ना’ गाउँमा विद्युतीयकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखिएको छ ।

गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले गत असोजमा ‘ना’ गाउँ पुगेर सोलार प्लान्टको शिलान्यास गरेका थिए । काम सुरु गरेको ४ महिनामै गाउँमा विद्युत बलेको हो । विद्युत् र टेलिफोन सेवा पुर्‍याउन चुनौतीको रूपमा रहेको ना गाउँमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् ल्याउन टाढा भएपछि सोलार प्लान्ट राखेर विद्युतीकरण गरेको हो ।

‘ना’ गाउँ गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ । विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ ना हो । यहाँ बढी हिउँ पर्ने हुँदा मंसिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् ।

पर्यटकीय क्षेत्र भएकाले यहाँका बासी ‘होमस्टे’ र होटल चलाएर जीविकोपार्जन गर्छन् । सिजनमा पुरुषहरू हिमालमा ट्रेकिङ जान्छन् । ना र बेदिङलाई सगरमाथा आरोहीको गाउँको रुपमा समेत चिनिन्छ । पर्यटन थप प्रवद्र्धनका लागि गाउँपालिकाले थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

‘ना’ गाउँमा सोलार मिनीग्रेडका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अर्थात ३ करोड १४ लाख ९ हजार १०७ रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ८९ हजार ९ सय रुपैयाँको लागत साझेदारी गरेको छ । एभरेष्ट समिटर क्लबका अध्यक्ष दावाछिरि शेर्पाले ‘ना’ गाउँमा विद्युत् सेवा विस्तार हुनु भनेको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिए ।

दुर्गम गाउँ भएकाले व्याट्री र फलामे पोल हेलिकप्टर मार्फत ढुवानी भएको थियो । ढुवानीमा समस्याले प्लान्ट जडानको काम केही ढिला भए तापनि एक महिना अघिदेखि नै ना गाउँमा विद्युत् बल्न सुरु भएको आरोही शेर्पाले बताए । ‘अब च्छोरोल्पा जानेहरू अध्यारोमा बस्नुपर्ने दिनको अन्त्य भएको छ’ उनले भने ‘अब चाँडै टेलिफोन टावर पनि राखेर मोबाइल चल्छ, मोबाइल चार्ज गर्न र क्यामेराको व्याट्र चार्ज गर्न समेत सहज हुनेछ ।’ विद्युत् नभएकाले टेलिफोन टावर समेत राख्न सकेको थिएन ।

बेदिङसम्म भने २ वर्ष अघि नै नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याएको छ । नेपाल टेलिकमको समेत टावर राखेर मोबाइल र डाटा सेवा सञ्चालित छ । ना गाउँमा ३० किलोवाटको सोलार बत्तीले नाँ गाउँमा २० वटा सडक बत्ती तथा ७२ घर धुरीमा बत्ती बालिएको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का निमगेली शेर्पाले बताए । विद्युत् सेवापछि च्छोरोल्पामा अझ पर्यटक बढ्ने उनले विश्वास गरे ।

सोलार प्लान्टको काम पूरा भएर एक महिना अघि नै बत्ति बले तापनि चिसो र हिउँ परेका कारण ना पुगेर उद्घाटनको काम बाँकी रहेको सनबृज सनस्टार जेभिका कुमार बस्नेतले जानकारी दिए । ‘ना’मा बत्ति बलेसँगै गौरीशंकर गाउँपालिका पूर्णरुपमा विद्युतीकरण भएको छ । दोलखाको अब विगू गाउँपालिका वडा नम्बर १ लप्ची गाउँ मात्र विद्युतीकरण हुन बाँकी छ ।

थाम्चेम्बुसम्म पुगेको प्राधिकरणको लाइन लप्चीसम्म थप १० किलोमिटर लाइन विस्तार गरी विद्युतीकरण गर्ने योजना छ । गत वर्ष नेपाल विद्युत् प्राधिकरण दोलखाका प्रमुख मेघनाथ ढकालले स्थलगत भ्रमणपछि स्टमेट गरेर केन्द्रमा पठाएपछि प्राधिकरण र विगू गाउँपालिकाबीच सम्झौता समेत भएको छ । प्राधिकरणले डेढ करोड रुपैयाँको विद्युतीकरणका सामान दिने र गाउँपालिकाले ढुवानी गर्ने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit