विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ओम पावर कम्पनी प्रालिले १७ मेगावाटको ठूलीगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले डोटी र कैलाली जिल्लाको बडि केदार, चुरे र मोहन्याल गाउँपालिकामा अवस्थित ठुलिगाँड खोलामा सो आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजना निर्माण अघि बढाउनका लागि विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको छ । विभागले अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले ३५ दिने सूचना जारी गर्दै आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालासँग लिखित राय मागेकाे छ । 

आंशिक जलाशययुक्त आयोजनाको डिजाइन वहाव ११.६६२ घनमिटर प्रतिसेकेन्ड र समग्र हेड १७२.४० मिटर रहनेछ । आयोजनाबाट वार्षिक सरदर १०३.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्य संरचनाहरूमा बाँध ठुलिगाड खोलाको बाँया किनारमा रहनेछ । यसकाे उचाइ करिब ६८५ मिटर रहनेछ । यसैगरी, विद्युतगृह ठूलिगाड खोलाको बाँया किनारमा पर्दछ । याे समुन्द्री सतहबाट करिब ५१२ मिटर उचाइमा पर्दछ । विद्युतगृहमा जडित २ वटा ८.५ मेगावाट क्षमताको भर्टिकल एक्सिस र फ्रान्सिस टर्वाइनमा पानी खसाली सो टर्वाइन सँग जोडिएको ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

उत्पादित विद्युतलाई ३३ केभीको डबल सर्किट प्रसारण लाइन मार्फत १२.२५ किलोमिटर दुरीमा रहेको विपी नगर सबस्टेसनमा जोडिनेछ । यो आयोजनाले २०८३ साल फागुन महिनाबाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit