विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । आन्तरिक प्रसारण प्रणालीमा सुधार ल्याउन निर्माण गरिएको सिन्धुली-कपिलाकोट ३३/११ केभी (६/८एमभिए) को सबस्टेसन र एक्सटेन्सनको काम पूरा भएकाे छ । निर्माण सुरु भएकाे करिब दुई वर्षमा यसकाे काम सम्पन्न भएकाे हाे ।

यस आयाेजना अन्तर्गत सिन्धुलीमाडी-कपिलाकोटमा ३३/११ केभी प्रसारण लाइन पनि निर्माण गरिएको छ । स्थानीय समस्याका कारण प्रसारण लाइन सञ्चालनमा भने आउन सकेको छैन। २०७५ सालमा सुरु भएकाे अायाेजनाकाे निर्माण नेपाल विद्युत प्राधिकरण र कस्मिक रेनु जेभीले संग्युक्तरूपमा गरेका हुन् ।

कोरोना महामारीको प्रभावका कारण पनि निर्माणलाई तीव्रता दिई कम्पनीले काम सम्पन्न गरेकाे जनाएकाे छ ।  ३३/११केभी प्रसारण लाइनमा ओभरहेड लाइनसँगै भूमिगत लाइन पनि बिछ्याइएको छ।

सिन्धुलीमाडीदेखि कपिलाकोटसम्म तानिएको ३५ किलोमिटरको ओभरहेड लाइनमा ६०७ वटा पोल गाडिएका छन् भने भूमिगत लाइन ३.५ किलोमिटर विछ्याइएको छ । अहिलेसम्म सञ्चालनमा आइसक्नुपर्ने यो प्रसारण लाइन स्थानीय समस्याका कारण ढिलाई भइरहेकाे छ ।

कमलामाई नगरपालिका, खारखोला वडा नं. १, चाम्राइ वडा नं. १, खत्तर वडा नं. ४ र साङ्गेबलॆ वडाख नं. ४ मा जमिनको समस्याले १५ वटा पोलमा तार तान्न नसकिएकाे कम्पनीले जानकारी दिएकाे छ ।त्यसैगरी, मिलन चोकदेखि ढुम्रेबाससम्मको ६०० मिटर भूमिगत लाइन पनि जमिनको समस्याकै कारण बिछ्याउन नसकिएकाे कस्मिकका प्रबन्ध निर्देशक महेश महताेले बताए ।

प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै सिन्धुली, कपिलाकोट क्षेत्रका सर्वसाधारणले गुणस्तरीय विद्युत सेवा पाउने प्राधिकरणको दाबी छ । निर्माण पूरा भएपछि भाेल्टेजमा समेत सुधार हुने र चुहावट नियन्त्रण हुने अपेक्षा गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit