विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ९०३ मेगावाटभन्दा बढी क्षमताका ११ आयोजनालाई विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) शुल्क बुझाउन पत्राचार गरेको छ । प्राधिकरणले २०२.८ मेगावाटका नदिप्रवाहमा आधारित (आरओआर) ७ आयोजना र ७००.९ मेगावाटका ४ आंशिक जलाशययुक्त (पिआरओआर) आयोजनालाई पिपिएका लागि शुल्क बुझाउन पत्राचार गरेको हो । प्राधिकरणले पिपिएका लागि आवेदन दिएका मध्ये सीमाभित्र पर्ने रितपूर्वक निवेदन दिएका र सबै कागजात पुगेकाहरुलाई पिपिए गर्ने प्रक्रियामा अघि बढाएको हो । 

प्राधिकरणले आरओआरका लागि ६ हजार ७५० मेगावाटसम्म र पिआरओआरका लागि ४ हजार ५०० मेगावाटसम्म क्षमता सीमाभित्र पर्ने आयोजनाहरुसँग पिपिए गर्ने गरी लागि आवेदन माग गरेको थियो । त्यसमध्ये रितपूर्वक आवेदन परेकाहरुसँग प्राधिकरणले पिपिए गर्ने तयारी अघि बढाएको हो । 

त्यस्तै ३८७ मेगावाटका १९ नदीप्रवाही आयोजना पिपिएका लागि तोकिएको सीमाभित्र परेर पनि पिपिएका लागि रितपूर्वक कागजात नपुगेकोले पिपिए प्रक्रिया अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार ३५८ मेगावाटका २ आंशिक जलाशययुक्त आयोजना रितपूर्वक कागजात नपुगेका कारण पिपिए प्रक्रियामा जान सकेका छैनन् ।प्राधिकरणले २३.६२४ मेगावाटका ३ पिआरओआर ३ आयोजनाको भने पिपिएका लागि मस्यौदा स्वीकृत गरेको छ ।

यस्ताे छ आयाेजनाकाे सूची

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit