विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी) र सरकारलाई २९ अर्ब ११ लाख तिर्न बाँकी रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जनाएको छ । निगम बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

निगमले आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेपनि मूल्य नघटाउने विज्ञप्तिमा उल्लेख छ । पछिल्लो पटक १६ अक्टोबरमा भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले २० महिनापछि नाफामा रहेको निगमले जनाएको छ ।

नोभेम्बर १ को मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६१ पैसा, डिजेलमा ५.७६ रूपैयाँ, मट्टितेलमा ४.१, हवाई इन्धनमा ४.७७  रूपैयाँ बढेर आएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासमा केही घटेर आए पनि निगमले हाल डिजेलमा प्रतिलिटर १२.१४ रूपैयाँ र एलपी ग्यासमा २२८.८४ रूपैयाँ प्रतिसिलिण्डर घाटा रहेको छ ।

निगमका अनुसार १५ दिनमा डिजेलमा ५८ करोड १० लाख र ग्यासमा २६ करोड ३२ लाख रुपैयाँ घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने नाफाले निगमलाई समग्रमा नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमय दर कमजोर हुँदै गएको कारण देखाउँदै तत्काल मूल्य घटाउन नसकिने निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता र सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको जनाइएको छ । यस विषम परिस्थिति एवं बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्य यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit