विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक १८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भारतीय सरकारले ऊर्जा क्षेत्रको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्दै देशलाई विकसित राष्ट्रको स्तरमा पुर्‍याउने प्रयास स्वरूप सन् २०४७ सम्म आफ्नो नवीकरणीय ऊर्जाको उत्पादन क्षमता २००० गिगावाट पुर्‍याउने भएको छ ।

भारतीय सञ्चारमाध्यम अनुसार उसले यसै वर्षको सेप्टेम्बरमा गैर-जीवाश्म क्षमता ३०० गिगावाट नाघिसकेको छ । युनियन सरकारले आफ्नो आगामी विकासको चरणलाई तीव्रताका साथ अघि बढाउँदै सन् २०३० सम्म ५०० गिगावाट पुर्‍याउने लक्ष्यलाई सक्रियताका साथ पछ्याइरहेको छ । द्रुत गतिमा विकास भइरहेको यो दक्षिण एसियाली मुलुकले सन् २०३६ सम्म ९०० गिगावाट पुर्‍याउने लक्ष्य राखेको छ ।

मङ्गलबार नयाँ दिल्लीमा आयोजित 'भारत रिन्युएबल इनर्जी समिट एन्ड एक्स्पो २०२६' मा बोल्दै भारतको नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयका उच्च अधिकारी जीवनकुमार जेठानीले सरकारको सन् २०३० पछिको महत्त्वाकांक्षी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार, भारतले हालसम्म ६५ लाख (६.५ मिलियन) घरधुरीमा सौर्य ऊर्जा जडान (सोलराइज) गरिसकेको छ । मार्च २०२७ सम्म १० लाख (१० मिलियन) घरधुरीमा यो सुविधा पुर्‍याउने लक्ष्य राखेको छ ।

भारतले सन् २०७० सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ । कोप २६ मा भारतले सन् २०३० सम्म आफ्नो कूल विद्युत्‌को ५० प्रतिशत हिस्सा नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३