images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका छन् । कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्नका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।आफ्नो सेयरधनी सदस्यहरूका लागि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएका कम्पनीले जानकारी दिएका छन् ।

तेह्रथुमले १ बराबरको १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी पुस २१ गते हुने छैठौं साधारणसभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।

तेह्रथुममा ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गरि सञ्चालन गरिरहेको उक्त कम्पनीले २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

हकप्रद सेयर निष्कासन पश्चात प्राप्त भएको रकम कम्पनीले खोरुङ्गा ताङ्गमाया क्यासकेड निर्माण गर्न र अन्य लाभदायक हाइड्रो पावर कम्पनीमा लगानी गर्ने कम्पनीको योजना छ ।

यसैगरी, पिपुल्स पावरले चुक्ता पुँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर १७ गते (आइतबार) बसेको सञ्चालक समितिको बैंठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न र नयाँ आयोजनामा लगानीमा गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको इलाममा ४.९६ मेगावाटको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit