images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकवानपुरको हेटौँडा क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नका लागि बकैया गाउँपालिकाको हात्तिसुँडेमा निर्माण गरिएको ३३/११ केभीको छतिवन सबस्टेसन चार्ज भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइन चार्ज भएको हो ।

हेटौडाको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति सुधार तथा दीर्घकालीन र भरपर्दो विद्युत् वितरण गर्न निर्माण गरिएको २५ किलोमिटर लामो ३३ केभी वितरण लाइन र सबस्टेसन चार्ज गरिएको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

‘निर्माण सुरु भएको ५ वर्षपछि लाइन र सबस्टेसन निर्माण पूरा गरी आज (पुस १७ गते)देखि चार्ज भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबस्टेसन र लाइन चार्ज भएसँगै त्यस क्षेत्रको विद्युत् आपूर्ति सुधार भएको छ ।’

लाइन तथा सबस्टेसन निर्माणको काम ठेकदार त्रिपुरेश्वर जयदुर्गे देवीले गरेको हो । सबस्टेसन तथा लाइन निर्माणमा स्थानीयको अवरोध, जंगललगायतका कारणले ढिला भएको ठेकेदार कम्पनीका निर्देशक पद्मसागर लुइँटेलले बताए । ‘ठेक्का सम्झौता गरी काम सुरु गरेपनि विविध कारणले सम्पन्न हुन ५ वर्ष लाग्यो, तार तान्ने क्रममा पनि धेरै अवरोध सिर्जना भएका थिए, यसका बाबजुद सबै समस्याको समाधान गरी लाइन र सबस्टेसन चार्ज गर्न सफल भयौँ,’ उनले भने ।

प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेसनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर परीक्षण पूरा गरेर चार्ज गरिएको हो ।

सबस्टेसन चार्ज भएपछि बागमति गाउँपालिकाको सबै र बकैया गाउँपालिकाको करिब ९० प्रतिशत क्षेत्रमा भरपर्दो र दीर्घकालीन विद्युत् आपूर्ति हुने हेटौडा वितरण केन्द्र प्रमुख शिवराम यादवले बताए । यस क्षेत्रमा यसअघि ११ केभी लाइनमार्फत विद्युत् वितरण भएको थियो । अब ३३ केभीबाट वितरण सुरु भएपछि यस क्षेत्रलगायत हेटौँडाको सहरी क्षेत्रमा भरपर्दो आपूर्ति हुने साथै भोल्टेज पनि सुधार हुने जानकारी दिए ।

वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको लगानीमा २५ वटा सबस्टेसन तथा वितरण लाइन निर्माण भइरहेका छन् । त्यसमध्ये जयदुर्गे जेभीले १३ वटा सबस्टेसनको निर्माण ठेक्का पाएको थियो । हालसम्म ९ वटा सञ्चालनमा आइसकेको र बाँकी चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको लुइँटेलले बताए ।

भोजपुरमा प्याउली र रानीबस, तेह्रथुममा संक्रान्तीबजार र खोटाङको वाक्सिला सबस्टेसनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit