विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ । कम्पनीको सय रुपैयाँ अंकित ५० लाख कित्ता सेयर सुचीकृत भएको हो । 

कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात ५ लाख कित्ता, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारकिो लागि १० प्रतिशत अर्थात ५ लाख कित्ता सेयर र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ८० प्रतिशत अर्थात ४० लाख कित्ता सेयर गरी जम्मा ५० लाख कित्ता सेयर सुचीकृत भएको हो ।

कम्पनीले रजिष्टर सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्टरको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई चयन गरेको छ । कम्पनीको इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit