विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आउँदो जेठ ३२ गते नयाँ कार्यसमिति चयनका लागि चुनाव घोषणा गरेको छ । यस चुनावमा पनि यसअघि जस्तै अध्यक्ष पदलाई निकै आकर्षणको रूपमा लिइएको छ ।

दुई दशकभन्दा बढी समयदेखि जलविद्युत विकासमा संलग्न हुँदै आएका व्यवसायी तथा पूर्व कराँते खेलाडी गणेश कार्कीले उक्त चुनावमा आफूलाई अध्यक्षको दाबेदारको रूपमा अगाडि सारेका छन् । शालिन स्वभाव र प्रायः मध्यमार्गी धारमा हिँडेर सबैलाई सन्तुलनमा राखेर काम गर्नुपर्छ भन्ने कार्की यसपटक अघिल्लो कार्यसमितिको जस्तै सहमतिको खोजीमा छन् ।

इपानले २०७८ सालमा विधान परिवर्तन गरेपछि इपानभन्दा बाहिरका सदस्यहरू बढी नै असन्तुष्टि बाहिर आएपछि यसपटक करिब चुनाव हुने अवस्था समेत बढ्दै गएको छ । चुनाव नै भए पनि आफू स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्ने कार्कीको भनाइ छ । लामो समयदेखि आफू यही क्षेत्रमा रहेको हुँदा आफू इपानको नेतृत्व गर्न सक्षम रहेको उनको दाबी छ ।

सरकारी, निजी क्षेत्र तथा कुटनीतिक तहमा समेत आफ्नो सम्बन्ध रहेको हुँदा निजी क्षेत्रका समस्या समाधान गर्न आफूले विशेष पहल गर्न सक्ने पनि उनले बताउँदै आएका छन् । इपान कार्यसमिति तथा ऊर्जा व्यवसायीहरूको आफूप्रति सकारात्मक सहयोग रहेको हुँदा चुनाव हुने अवस्थामा पनि आफू अगाडि रहेको कार्कीको तर्क छ ।

केही समयअघिसम्म आफू इपानमा अध्यक्ष हुने पक्का जस्तै रहेको बताए पनि अहिले परिस्थिति केही बदलिएको कार्कीको विश्लेषण छ । उनी सन्तुलित ढंगबाट अगाडि बढिरहेको देखिन्छ, यही संयन्त्रबाट अगाडि बढ्दा सबैले विश्वास गर्ने वातावरण बन्दै गएको उनको बुझाई छ । उनले जलविद्युत क्षेत्रमा मात्र नभएर अन्य सामाजिक सेवाका क्षेत्रमा समेत फरक–फरक जिम्मेवारी र भूमिका निर्वाह गर्दै आएका छन् ।

जलविद्युत क्षेत्रमा योगदान

लगानी तथा निर्माण गरी एक दर्जनभन्दा बढी जलविद्युत आयोजनासँग आवद्ध कार्की अहिले २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । योसँगै उनी १९.८ मेगावाटको अप्पर सोलु, ५४ मेगावाटको सुपर दोर्दीमा समेत आवद्ध रहेका छन् । यसैगरी, निर्माणाधीन अवस्थाका ४.२ मेगावाटको सभा खोला र सोही खोलामा १५ मेगावाटको सभा खोला आयोजना निर्माण गर्ने अर्बिट इनर्जी प्रालिको समेत कार्की कार्यकारी निर्देशक रहेका छन् ।

कार्की आवद्ध जलविद्युत आयोजनाहरू

१. सिंगटी खोला — २५ मेगावाट (सञ्चालनमा)

२. सुपर दोर्दी — ५४ मेगावाट (सञ्चालनमा) 

३. माथिल्लो सोलु खोला — १९.८ मेगावाट (सञ्चालनमा)

४ सभा खोला — ४.२ मेगावाट (निर्माणाधीन)

५. सभा खोला — १५ मेगावाट (निर्माणाधीन)

६. खुदी खोला — २६ मेगावाट (निर्माणाधीन)

७. खानी खोला — ४० मेगावाट (निर्माणाधीन)

८. चाकु खोला — २२ मेगावाट (सञ्चालनमा)

९. गेलुन खोला — ३.२ मेगावाट (सञ्चालनमा)

१०. मिदिम खोला — ३ मेगावाट (सञ्चालनमा) 

११. टुंगुन ठोस्ने/खानी खोला — ६.२ मेगावाट (सञ्चालनमा)

१२. सभा खोला — ४.२ मेगावाट (सञ्चालनमा)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit