विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तेस्रो लगानी सम्मेलन, २०२४ आजदेखि सुरु

काठमाडौँ । स्वदेशी स्रोत–साधनको प्रवर्द्धन तथा ऊर्जा एवम् ठूला पूर्वाधार आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित आजबाट तेस्रो लगानी सम्मेलन सुरु हुन लागेको छ । जसमा, देश–विदेशका १६०० जनाको सहभागिता हुने भएका छन् भने १५४ आयोजना ‘सोकेस’ राखिएका छन् ।

लगानी बोर्ड, नेपालका अनुसार सम्मेलनका लागि व्यत्तिः, संस्था तथा विभिन्न कूटनीतिक नियोग गरी करिब ३ हजारलाई निमन्त्रणा पठाइएको थियो । ती मध्ये ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा नेपालका तर्फबाट ३८५ जनाको सहभागिता सुनिश्चित भएको छ ।

त्यसैगरी, चीनबाट २६५, भारतबाट १४३, संयुक्त राज्य अमेरिकाबाट ३३, जापानबाट २८, संयुक्त अधिराज्यबाट १४, बङ्गलादेशबाट १३, संयुक्त अरब इमिरेट्स (युएई) बाट १३ र जर्मनीबाट १० जना सहभागी हुँदैछन् । साथै, दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाबाट ९/९ जनाको सहभागिता हुने बोर्डले जानकारी दिएको छ ।

उता, पाकिस्तानबाट ८, सिङ्गापुरबाट ६, कतार र घानाबाट ५/५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४/४ जनाको सहभागिता रहने छ । स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाबाट ३/३ जना सम्मलेनका लागि नेपाल आइसकेका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट २/२ जना सम्मेलनमा सहभागी हुने निश्चित भएको छ ।

इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने जनाइएको छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुनेछन् ।

सम्मेलनमा १५४ आयोजना सोकेसमा राखिने तथा २३ प्रदर्शनी कक्ष (स्टल) रहने छन् । सोकेसमा राखिने आयोजनामा अधिकांश ऊर्जा तथा जलविद्युत्सँग सम्बन्धित आयोजना छन् । सम्मेलनका क्रममा विभिन्न १९ आयोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको बोर्डले जानकारी दिएको छ । पहिलो दिन उद्घाटनसहित दुई वटा मुख्य सत्र तथा दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

नेपालमा यसअघि २०७३ र २०७५ सालमा लगानी सम्मेलन भएको थियो । २०७३ सालको सम्मेलनमा देश–विदेशका करिब ५०० को सहभागिता र २३ देशका २५० जनाको सहभागिता रहेको थियो । यस्तै, २०७५ को सम्मेलनमा ४० देशका ७०० बढीको सहभागिता थियो ।

पहिलो सम्मेलनमा १४ खर्ब रुपैयाँ र दोस्रोमा २३ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो । तर, निकै कम पुँजीमात्र देशमा भित्रिन सकेको छ । यद्यपि, सम्मेलनमार्फत विदेशी लगानी ल्याउने सरकारको प्रयास निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit