विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनाङ्गको सदरमुकाम चामेका स्थानीय २१ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । लमजुङदेखि चामे पुगेको ३३ केभी प्रसारण लाइनको संरचना बाढीले बगाउँदा गत असार १ गतेदेखि नै यहाँको विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो ।

राधी जलविद्युत केन्द्रदेखि स्यार्कु सबस्टेसनसम्म पुगेको प्रसारण लाइनको संरचनामा बाढीले क्षति पुर्याएका कारण सदरमुकामको आपूर्ति अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण मनाङ्ग वितरण केन्द्र प्रमुख मिलन सुवेदीले बताए । ‘मनाङ्ग यस पटक बाढी र पहिरोको मारमा नराम्ररी पर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘यसको प्रभाव यहाँको प्रसारण तथा वितरण प्रणालीमा पनि पर्यो । लमजुङबाट मनाङ्ग आउने लाइनका पोल बाढी तथा पहिरोमा परी क्षतिग्रस्त हुँदा सदरमुकाम नै अन्धकारमा छ ।’

उनले प्रसारण लाइनको संरचनामा क्षति पुग्दा करिब ९० लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको बताए । प्राधिकरणले यो प्रसारण लाइन ५ महिना अघि मात्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो ।

केही ठाउँमा बाढीले प्रसारण लाइनका पोल बगाएको छ । केही ठाउँमा तार पुरिएको उनले बताए । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत आपूर्ति सुचारु गर्न अझै डेढ महिना लाग्ने पनि सुवेदीले बताए ।

बाढी र पहिरोले आवत–जावत गर्ने सडक तथा पुलहरू नै बगाएकाले प्रसारण तथा वितरण लाइनहरूको मर्मत गरी आपूर्ति सुचारु गराउन समय लाग्ने देखिएको वितरण केन्द्रले जनाएको छ । भौगोलिक विकटतासँगै अन्य प्राविधिक समस्याले समेत प्रसारण तथा वितरण प्रणालीको मर्मत गर्न ढिलाई भएको छ । 

गत फागुनमा मात्रै चामेमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको थियो । यहाँ केन्द्रीय प्रणालीको लाइन विस्तार गर्न समेत निकै कठिनाई भएको सुवेदीले बताए । वितरण केन्द्रले  भारतदेखि फाइबर इन्सुलेटर आयात गरी जडान गरेपछि चामेमा पहिलो पटक केन्द्रीय प्रणालीको विद्युत पुगेको थियो ।

बाढीपहिराका कारण विद्युत लाइन अवरुद्ध भएपछि चामेका सरकारी कार्यालयमा सौर्य ऊर्जा प्रणाली जडान गरी आइतबारदेखि सेवा दिन सुरु गरिएको छ । सौर्य ऊर्जा प्रविधिबाट सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह गरिएको छ । विद्युतको समस्याकै कारण २ साता भन्दा बढी समयदेखि सेवा अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारकले सौर्य ऊर्जा प्रविधि जडान गरिदिएको हो ।

प्रदेश सरकारले चामेस्थित १६ वटा कार्यालयका लागि ४ चरणमा सौर्य ऊर्जा प्रणालीका सामग्री चामेसम्म ल्याई जडान गरिदिएको थियो । प्रत्येक कार्यालयका लागि १५० वाटका दुईवटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।

बाढी पहिराले प्रसारण लाइनसँगै जिल्लाका लघुजलविद्युत केन्द्रहरूमा समेत क्षति पुर्याएको छ । जिल्लाका १० भन्दा बढी लघुजलविद्युत केन्द्र बर्खाको बाढीमा बगेका छन् । यी जलविद्युत केन्द्र बगाउँदा ९ करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ । १० मध्ये मनाङ्ग सामुदायिक लघुजलविद्युत आयोजना निर्माणको चरणमा थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit