विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षको साढे ६ महिनामा भारतबाट ५ अर्ब ६५ करोड रुपैयाँको विद्युत आयात भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन  साउनदेखि माघ दोस्रो साताको अवधिमा विभिन्न विन्दुबाट यति मूल्यको विद्युत आयात गरेको हो ।

साउनदेखि पुस दोस्रो सातासम्मको आयात गत वर्षको भन्दा थोरै भए पनि मध्य पुसपछिको आयात परिमाण ह्वात्तै बढेको छ । यो अवधिमा करिब ८४ करोड ३२ लाख ८३ हजार ५ सय ८२ युनिट विद्युत आयात भएको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए ।

उनले नदी खोलामा पानीको सतह कम भई आन्तरिक विद्युत उत्पादन घटेकाले आपूर्ति व्यवस्थापन मिलाउन आयात बढाउनु परेको बताए । मध्य पुसदेखि माघ दोस्रो साताको अवधिमा २ अर्ब ७५ करोड रुपैयाँको विद्युत आयात भएको छ । प्राधिकरणले बिहारबाट मात्रै १ अर्ब ३३ करोड रुपैयाँको विद्युत किनेको छ । पछिल्लो १ महिनामा भएको आयात इतिहासकै बढी भएको कोइरालाले बताए ।

‘साउनदेखि मंसिरसम्मको आयात गत वर्षको भन्दा धेरै न्युन छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, आन्तरिक विद्युत उत्पादनमा कमी आउँदा मध्य पुसपछिको आयात परिमाण बढेको छ ।’ साउनदेखि मध्य पुससम्म भने २ अर्ब ९० करोड रुपैयाँ (३७ करोड ६६ लाख २३ हजार ३ सय ७६ युनिट ) बराबरको विद्युत आयात भएको छ ।

प्राधिकरणले यो वर्ष हिउँदमा उच्च माग हुने समयमा बढीमा ७ सय १५ मेगावाटसम्म विद्युत आयात गरेको छ । गत माघ १६ गते सबैभन्दा बढी विद्युत आयात भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । बुधबार (२८ गते) पनि ७ सय मेगावाट विद्युत आयात भएको छ ।

‘बर्खा याममा हाम्रो आन्तरिक उत्पादन बढेकाले आयात परिमाण घटेको थियो । हिउँदमा नदी प्रवाही जलविद्युतगृहको उत्पादनमा कमी आउँदा आयात बढेको हो,’ उनले भने । विद्युत माग गत वर्षभन्दा २ सय मेगावाट हाराहारीमा बढेकाले आयात उकालाे लागेकाे छ ।

प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन ७ सय १३ मेगावाटमा सिमित हुन पुगेकाे छ । प्राधिकरणको औषत उत्पादन ४ सय ८० मेगावाट छ । निजी क्षेत्रको जडित क्षमता ७ सय २० मेगावाट भए पनि हिउँदको उत्पादन घटेर २ सय ३३ मेगावाटमा झरेको छ । जाडो सकिएर हिउँ पग्लिएर आन्तरिक उत्पादन बढ्न थालेपछि मात्रै आयात क्रमशः घट्दै जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit