images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रले एकै दिनमा ११७ ग्राहकको विद्युत् लाइन काटेको छ । केन्द्रले ६० दिनभन्दा बढी बक्यौता महसुल भएको ग्राहकको लाइन काटेको हो ।

५४ लाख ४४ हजार ९५९ रुपैयाँ विद्युत महसुल नबुझाउने ११७ ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । उनका अनुसार लाइन काटिएकामध्ये ४ सरकारी कार्यालय रहेका छन् । यी कार्यालयको मात्र २० लाख १४ हजार ५५० रुपैयाँ बाँकी छ। बाँकी ११३ ग्राहकको ३४ लाख ३० हजार ४०९ रुपैयाँ बाँकी छ ।

उनका अनुसार आइतबार मात्र १०० ग्राहकले जरीवानासहितको २२ लाख ४ हजार ४२७ रुपैयाँ महसुल बुझाएपछि लाइन पुनःजोडिएको छ । नेपालमा विद्युत् सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्नासाथ लाइन काटिने गरेको भएपनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् । पछिल्लो  समय प्राधिकरणले बक्यौता महसुल उठाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

याे पनि पढ्नुहाेस्

पोखरा वितरण केन्द्र अन्तर्गत सबैभन्दा बढी बक्यौता भएको कास्की कारागारको लाइन काटियो

पोखरा वितरण केन्द्रले दुई दिनमा २१७ ग्राहकको लाइन काट्यो

१ करोड ५६ लाख बक्यौता असुल गर्न २६ सय ग्राहकको लाइन काटियो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit