विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ५ उद्योगले बक्यौता विद्युत् महसुल तिर्न थालेका छन् । बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिज, अशोक स्टिल इन्डस्ट्रिज, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले विद्युत्को प्रिमियम महसुलबापतको बक्यौता रकम भुक्तानी गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

हुलासले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम दरको विद्युत् प्रयोग रेबापतको बक्यौता रकम कुल १४ करोड १२ लाख रुपैयाँ रहेको थियो । यो बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उक्त स्वीकृति अनुसार नै उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाले जानकारी दिए ।   

त्यस्तै, सिमरामै सञ्चालित अशोक स्टिलको १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेकोमा २६ किस्तामा बक्यौता चुक्ता गर्ने गरी पहिलो किस्ताको ६३ लाख रुपैयाँ बुझाएको छ । 

बक्यौता तिर्न २८ किस्ताकै सुविधा लिई केही किस्ता बुझाएपछि गत वैशाखदेखि किस्ता बुझाउन छोडेका सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले पनि बाँकी किस्ता तिर्न थालेका छन् । 

सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा प्रिमियम महसुल दरमा खपत गरेको विद्युत्को ३ करोड ७७ लाख बक्यौता राखेको थियो । उक्त रकमलई प्रतिकिस्ता मासिक १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएर ४ किस्ता बुझाएपछि तिर्न छोडेको थियो । स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा सात किस्ता मात्र बुझाएको थियो । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको थियो । त्यसै अनुसार उद्योगले बाँकी ४ किस्ताको रकम बुझाएको र अब नियमित किस्ता तिर्ने जनएको प्राधिकरणको प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।

यसैगरी, रोल्पा सिमेन्टले कुल बक्यौता महसुल ९९ लाख १२ हजार रुपैयाँ रहेकोमा प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी अब १७ किस्ता नियमित तिर्ने जनाएको छ ।

त्यस्तै, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३