विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २४, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
प्रलयकारी भोटेकोसी बाढीको १४औँ दिन

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रका जलविद्युत्‌ आयोजनाबाट हराइरहेका ९ सयभन्दा बढी इन्जिनियर, कर्मचारी तथा कामदारहरूको अवस्था अझै अज्ञात रहेको छ । हिजो अर्थात् भदौ २३ गतेसम्म निरन्तर खोजी तथा उद्धारको प्रयास हुँदासम्म बेपत्ता व्यक्तिहरू फेला पर्न सकेका छैनन् ।

नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, निजी क्षेत्र लगायतको निरन्तरको खोजीपछि पनि १३ जलविद्युत् तथा विद्युत् सबस्टेसनमा क्षति पुगेको र ९३० जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन रहेका छन् ।

बाढीका कारण रसुवामा बाढीबाट पूर्णतः क्षतिग्रस्त आयोजनाहरूमा रसुवागढी, रसुवा-भोटेकोसी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली-१ र मैलुङ खोला छन् । यस्तै, नुवाकोटका जलविद्युत् केन्द्र तथा आयोजनाहरूमा माथिल्लो त्रिशूली-३ए, माथिल्लो त्रिशूली-३बी, त्रिशूली, देवीघाट, मध्य-त्रिशूली गंगा र एउटा सौर्य आयोजना रहेका छन् ।

बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालनरत २५६.१ मेगावाटका ७ आयोजनाबाट १८९ जना अझै बेपत्ता छन्  । यस्तै, निर्माणाधीन ३८८.६० मेगावाटका ४ आयोजनाबाट ७२३ जना र माथिल्लो त्रिशूली-३बी हब सबस्टेसनबाट १८ जना हराइरहेका छन् । प्राधिकरणद्वरा निर्मित २५ मेगावाटको नुवाकोट सौर्य विद्युत्‌ पनि बाढीले क्षति पुर्‍याएको तर अहिलेसम्म कोही व्यक्ति हराएको सूचीमा नरहेको उल्लेख छ ।

•    माथिल्लो त्रिशूली-१ : नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा प्रवर्द्धित यस आयोजनामा बाढी आउनुअघि १,४३३ जना कार्यरत रहेकोमा हालसम्म ८७८ जनाको सकुशल उद्धार गरिएको छ । आयोजनाका ५४६ जना अझै हराइरहेका छन्, जसमा ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिकसमेत रहेका छन् । मङ्गलबार अडिट ३ को माथिल्लो भागमा खोजी गर्ने क्रममा १ शव निकालिएको र तालिमप्राप्त कुकुर (सर्च डग) को टोलीले सल्लेटार र भागे झरनाको बीचबाट थप १ शव फेला पारेको छ । नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली तथा शेर्पासहितको टोली उद्धारमा खटिएको छ ।

•    चिलिमे : विद्युत्‌गृहमा फसेका सम्भावित ६ जनाको उद्धारका लागि खटिएको नेपाली र भारतीय सेनाको संयुक्त टोली १३औँ दिनसम्म पनि विद्युत्‌गृहभित्र पुग्न सकेको छैन । पहुँच सडक नहुँदा हिलो र लेदो पन्छाउने काम सुस्त गतिमा भइरहेको छ । चिलिमे जलविद्युत्‌ कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार बुधबार साँझसम्ममा स्याफ्रुबेंसीदेखि विद्युत्‌गृहसम्मको पहुँच सडक पुग्ने र त्यसपछि मेसिन प्रयोग गरी उद्धार कार्यले गति लिने अपेक्षा गरिएको छ । 

•    माथिल्लो त्रिशूली ३'बी' : आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा सोमबारदेखि ठूला मेसिनरी उपकरण लगेर उत्खनन कार्य जारी राखिए पनि मङ्गलवार साँझसम्म १७२ जना अझै हराइरहेका छन् ।

•    लाङटाङ खोला : मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्मित यस आयोजनाको सुरुङबाट २ जनाको शव निकालिएको छ भने ३९ जना अझै सम्पर्कविहीन छन् । १९ जनाको भने पहिले नै उद्धार भइसकेको छ ।

बाढीबाट पूर्णतः प्रभावित जलविद्युत् केन्द्र तथा आयोजनाको विवरण

क्र.सं. आयोजना  (मेगावाट) अवस्था प्रवर्द्धक हराइरहेका हालको अवस्था
रसुवागढी    १११ सञ्चालन रसुवागढी हाइड्रोपावर कम्पनी ९३ ७ जना सकुसल, खोजी जारी
रसुवा-भोटेकोसी    १२० निर्माणाधीन लाङटाङ भोटेकोसी हाइड्रोपावर ५ जना सकुशल (चालकको शव प्राप्त)
लाङटाङ खोला    २० परीक्षण सञ्चालन मल्टी इनर्जी डेभलपमेन्ट ३९ १९ जना सकुशल (२ शव निकालिएको)
चिलिमे    २२ सञ्चालन चिलिमे जलविद्युत्‌ कम्पनी ७१ मध्ये ६५ सुरक्षित
माथिल्लो त्रिशूली-१    २१६ निर्माणाधीन नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट ५४६ ८७८ सकुशल उद्धार (२ शव प्राप्त, खोजी जारी)
मैलुङ खोला    ५  सञ्चालन मैलुङ खोला जलविद्युत्‌ अवस्था अज्ञात
त्रिशूली    २४ सञ्चालन ने.वि.प्रा. ७० जना सकुसल
देवीघाट    १४.१ सञ्चालन ने.वि.प्रा. सुरक्षागार्ड
माथिल्लो त्रिशूली-३ए    ६० सञ्चालन ने.वि.प्रा. ४० खोजी जारी
१० माथिल्लो त्रिशूली-३बी    ३७ निर्माणाधीन त्रिशूली जलविद्युत्‌ कम्पनी १७२ १९१ बाट घटेर १७८, यसमध्ये ६ जनाको शव फेला, अन्यको खोजी जारी
११ मध्ये-त्रिशूली गंगा    १५.६ निर्माणाधीन पर्फेक्ट इनर्जी डेभलपमेन्ट खोजी जारी
१२ माथिल्लो त्रिशूली-३बी सबस्टेसन हब सञ्चालन ने.वि.प्रा. १८ खोजी जारी
कूल १२ आयोजना (६६९.७०)     ९३०  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३