images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको लमजुङ जिल्लामा पहिचान भएको ४.१ मेगावाटको किसेदी खोला जलविद्युत् आयोजनाको काम सम्पन्न गर्न साढे ३ वर्ष लाग्ने भएको छ । मल्टिपर्पोज कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको काम सन् २०२३ मार्चभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।

जिल्लाको दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा अवस्थित किसेदी खोलामा आयोजना निर्माण हुनेछ । आयोजनाको मुख्य संरचनाहरू खोदाको बायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको छ ।

आयोजनामा ५५६४ मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने ९४७ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । हेडरेस र पेनस्टक पाइप हुँदै पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युत्‌गृहमा २०५० किलोवाट क्षमताको दुई वटा टवाईन रहनेछ । २ वटा टवाईनमा जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक सरदर २४.३२२ गिगावाट घन्टा विद्युत् उत्पादन हुन्छ ।

उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको उदीपुर सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit