विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी तथा ऊर्जा उत्पादकहरूले अध्ययन पुरा गरेका ३६७ मेगावाटका ८ जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । देशको विभिन्न ठाउँमा पहिचान भई अध्ययन पुरा भएका उक्त आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् । 

विभागका अनुसार ४ मेगावाट देखि २७० मेगावासम्मको ८ जलविद्युत आयोजनाले अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सबैभन्दा ठुलो २७० मेगावाटको भेरी–१ जलविद्युत आयोजना रहेको छ । गेजुवा ग्रूप पावर इन्भेष्टमेन्ट नेपालले अध्ययन पुरा गरेको आयोजनाले २०८० जेठ १४ गते उत्पादन अनुमतिका लागि दिएकाे विभागको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी, अप्पर अरुण हाइड्रो इलेक्ट्रीक लिमिटेडले अध्ययन पुरा गरेको ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाले पनि अनुमति आवेदन दिएकाे छ । यो आयोजनाले बैशाख ५ गते उत्पादन आवेदन दिएकाे थियो । साथै, १३.५ मेगावाटको सिसुवा खोलाले बैशाख १२ गते , त्रिशूली क्यास्केड पावर लिमिटेडले अध्ययन पुरा गरेका २४.६ मेगावाटको माथिल्लो त्रिशूली–१ क्यास्केडले जेठ ७ गते उत्पादन अनुमति माग गर्दै विभागमा पुगेका छन् । 

४.१ मेगावाटको माथिल्लो मोस्ट इवा खोला, ४.६ मेगावाटको सुपर मस्ट इवा खोला, ४.९५० मेगावाटको माथिल्लो मेलम्ची र ४.९६० मेगावाटको तल्लो मेलम्ची जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएकाे विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit