विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा छवि गैरे नियुक्त भएका छन् । कम्पनीकाे गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले गैरेलाई कम्पनीको उक्त पदमा नियुक्त गरिएको हो ।

गैरे यसअघि यही कम्पनीले प्रवर्द्धन गरेको रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको प्रमुखकको जिम्मेवारीमा थिए । ५ वर्षसम्म आयोजनामा काम गरेपछि कम्पनीको नेतृत्व लिने जिम्मेवारी पाएको उनले बताए ।

‘म २०७३ सालको मध्यदेखि निमित्त आयोजना प्रमुख हुँदै आयोजना प्रमुखको जिम्मेवारीमा रही काम गरिरहेको थिए,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी पाएको छु । यो जिम्मेवारीको पूर्णरूपमा पालना गरेर आयोजना सम्पन्न गर्नमा मेरो भूमिका रहनेछ ।’

गैरेले रसुवागढीमा आउनुअघि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा काम गरेका थिए । लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा काम गरेको अनुभव पनि उनीसँग छ ।

जलस्रोत विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनी २०५८ सालमा ७ तह (करार) बाट विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए । उनले २०६० सालमा प्राधिकरणमा स्थायी नियुक्ती पाएका थिए ।

गैरेलाई भूकम्प, नाकाबन्दी, बाढी, पहिरो हुँदै अहिले कोरोना (कोभिड–१९) महामारीको प्रभावले निर्माण गति सुस्त हुन पुगेको आयोजना चाँडै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु पर्ने चुनौती छ । 

आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरण जडानको काम आगामी चैतभित्र सम्पन्न गर्ने पछिल्लो तालिका छ । इलेक्ट्रोमेकानिकल उपकरणहरू सबै आयोजना स्थलमा आइपुगेका छन् । इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य पनि धमाधम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit