विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आन्तरिक प्रसारण प्रणाली सुधार र औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिनका लागि निर्माण गरिएको १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइन आयोजनाको १८ किलोमिटर तार तान्ने काम सकिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सतह (ओभरहेड) को तार तान्ने काम सकिएको हो ।

२० किलाेमिटर लामाे लाइनको जग खन्ने, टावर ठड्याउने काम सकेर १८ किलोमिटर तार तान्ने काम सकिएको आयोजना प्रमुख हरी पाण्डेले बताए । उनका अनुसार लाइनको सबैभन्दा कठिन ओभरहेड तार तान्ने काम हिजो (सोमबार) सकिएको हो ।

‘लाइनको २ किलोमिटर भुमिगतमध्ये ६ सय मिटर तार तान्ने काम सकिएको छ’, उनले भने, ‘भुमिगत लाइनकाे रूट सडकमा परेकाेले तार तान्ने काम राति गरिएकाे छ, दिउँसाे ३ बजेदेखि बिहानसम्म भुमिगत लाइनकाे काम भइरहेकाे छ ।’  लाइनको सबै काम पूरा गरेर आगामी २०७९ बैशाखभित्र सञ्चालन गर्ने लक्ष्य छ ।

प्रसारण लाइनको काम गत असारमानै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नु पर्ने तालिका थियो, तर कोरोना महामारीका कारण भएको निषेधाज्ञाले काम प्रभावित भएको पाण्डेले बताए । दोस्रो लहरका बेला लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा काम सम्पन्न हुन सकेन् र सञ्चालन तालिका धकेलिन पुगेको हो ।

प्रसारण लाइन अन्तर्गत निर्माण भइरहेको मैनहिया सबस्टेनको काम पनि अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा दुई वटा पावर ट्रान्सफर्मर जडान गरिनेछ । एउटा ट्रान्सफर्मर जडान गरिएको छ । बाँकी एउटा बैशाखभित्र जडान गरिने  पाण्डेले बताए ।

सबस्टेसनमा जडान हुने पावर ट्रान्सफर्मर भारतको सिजिएल कम्पनीबाट ल्याइएको हो । यसअघि आइएमटी कम्पनीबाट ल्याउने सम्झौता भएपनि कम्पनीले ढिला गरेकोले ठेक्का तोडेर सिजिएललाई दिइएको हो ।

प्रसारण लाइन निर्माणको जिम्मा चीनको टिबीए साङदोङ लुनेङ र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले सयुक्त रुपमा गरिरहेका छन् । सबस्टेसनको काम हाइटेनशन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

प्रसारण लाइन निर्माण सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने प्राधिकरणले जनाएको छ ।

प्रदेश–५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का उद्योगमा विद्युत सेवा गुणस्तरीय र दिगो बनाउने गरी वा भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायत विद्युत विस्तार र स्तरोन्नतिका लागि लाइन विस्तार थालिएको थियो ।

यो लाइन निर्माण हुँदा रुपेन्देहीको भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणले नियमित गुणस्तरीय विद्युत सेवा पाउने प्राधिकरणको दाबी छ । लाइन सञ्चालनमा आएपछि चुहावट घट्नुका साथै प्रसारण क्षेत्रमा सृदृढ हुनेछ । यो लाइन पूरा भएपछि यसबाट २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit