विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रले जाजरकाेट जिल्लाकाे शिवालय गाउँपालिका विद्युत सेवा पुर्याएको छ । प्राधिकरणले गाउँपालिकाको वडा नम्बर २ मा २५ केभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युतीकरण गरेको हो । 

गत सोमबार ( १९ गते) नयाँ ट्रान्सफर्मर जडान गरी सेवा सुचारू गरेकाे  वितरण केन्द्र प्रमुख अविशेक राज कलवारले बताए । उनका अनुसार गाउँमा बिजुली पुग्दा ६० बढी घरधुरी लाभान्वित हुनेछन् ।

‘ अहिले विद्युत मिटर वितरणका लागि आवेदन संकलन भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब, मिटर वितरण गरेर सेवा सुरू गरिनेछ ।’ गाउँपालिकाको वडा नम्बर २ देखि करिब १० किलोमिटर एचटी लाइन विस्तार गरी गाउँमा सेवा पुर्याएको पनि कलवारले बताए ।

वडा नम्बर २ मा गत बैशाखमा नै विद्युत सेवा पुगेकाे थियो । ट्रान्सफर्मर चार्ज भएपछि स्थानीय हर्षित भएको केन्द्रले जनाएको छ । सोलार र टुकी बत्तीको सहारामा रहेको गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुग्दा मिल चलाउन, टिभि हेर्न, मोबाईल चार्ज गर्न, फार्म सञ्चालन गर्न सहज हुने कलवारले बताए ।

पालिका अन्तर्गत ९ वटा वडा छन् । अहिलेसम्म १ र २ मा मात्र राष्ट्रिय प्रसारण प्रणालीकाे सेवा पुगेको छ । बाँकी वडामा पनि छिट्टै सेवा सुरु गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

वडा नम्बर १ मा करिब ४० किलोमिटर दुरीमा रहेको कुदु सबस्टेसनबाट विद्युत आउछ । यो पालिकासँगै जिल्लाको भेरी नगरपालिकामा ६ नम्बर वडामा बाहेक सबै क्षेत्रमा विद्युत सेवा पुगेको छ । यस्तै, थेरागाड नगरपालिका र नलगाड नगरपालिकामा पनि केही मात्रामा विद्युत सेवा पुगेको छ ।

बाँकी जुनीचाँदे, कुशे, बारेकोट गाउँपालिकामा प्रणालीको सेवा पुगेको छैन् । यस गाउँपालिकामा लघुजलविद्युत र सोलारबाट सेवा लिइरहेका छन् । केन्द्र अन्तर्गत ४ हजार ५ सय ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit