विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातित ग्यासको सट्टाममा घरको भान्छामा विद्युतीय ऊर्जाको उपयोग बढाउन आग्रह गरेकी छन् । उनले नवीकरणीय ऊर्जाको उपयोग बढाउनका लागि आयातित ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने नीति लिएर काम गरिरहेको बताइन् ।

नेपाल सौर्य विद्युत उत्पादक संघको २१औँ वार्षिक साधारणसभामा सहभागी हुन काभ्रे पुगकी उनले आयातित ग्यासले बढाइरहेको मुलुकको व्यापार घाटा रोक्न पनि भान्छामा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतीय ऊर्जा उपयोग बढाउनु पर्नेमा जोड दिइन् । ‘ हाम्रो विद्युत नवीकरणीय स्रोतबाट उत्पादन भएकाले स्वच्छ ऊर्जा हो,’ उनले भनिन्,‘यसको उपयोग बढाएर जीवन सहज बनाउँदै जानुपर्छ ।’

विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको पनि उनले बताइन् । विद्युत खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुने उनको भनाइ छ । 

प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ । सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उल्लेख गर्दै उनले भनिन्,‘पछिल्लो समय ‘वान शन, वान वर्ल्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ ।  यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।’

नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन् । परम्परागत ऊर्जा प्रयोग बढेका कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याइन् ।

नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उहाँले नेपालले पनि नवीकरणीय ऊर्जा प्रयोगको नीतिलाई अबलम्बन गर्दै जानुपर्ने आवश्यकता रहेको बताइन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन(कोप–२६)मा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन् ।

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रीत ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उहाँले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताइन् । उनले वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यत सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुने दाबी गरिन् । 

प्रणालीमा दश प्रतिशतको नीतिले करिब २ सय मेगावाट सौर्य विद्युत जडान गर्न सकिने मन्त्री भुसालले बताइन् । हाल १सय १० मेगावाट बराबरका सौर्य विद्युत आयोजनाले विद्युत खरिद बिक्री सम्झौता(पिपिए) गरिसकेको र ती मध्ये ४० मेगावाटका आयोजना सञ्चालमा आइसकेको जानकारी दिइन् ।

सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीहरूको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु¥याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन् ।

६ वटा प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उहाँले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताइन् । सौर्य विद्युत उत्पादकहरूले आफ्ना उपभोक्तालाई गुणस्तरीय विद्युत सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit