विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–१ मा निर्माणधीन ९.४ मेगावाटको मध्य सुपर दरौँदी जलविद्युत् आयोजनाले १८.९१ किलोमिटर लामो ३३ केभी प्रसराण लइन निर्माण गर्ने भएको छ । आयोजनाको विद्युत् प्रवाह गर्न अजिरकोट गाउँपालिका–१ मा रहेको विद्युत्‌गृहको स्विचयार्डदेखि भिमसेन थापा गाउँपालिका–१ मा रहेको घ्याम्पेसाल सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिने भएको हो । यसका लागि आयोजनाको प्रवर्द्धक कम्पनी बारपाक दरौँदी हाइड्रोपावर प्रालिले अनुमति माग्दै विद्युत् विकास विभागमा दरखास्त पेस गरेको छ ।

सिङ्गल सर्किट रहने उक्त लाइनबाट १० मेगावाटसम्म विद्युत् प्रसारण गर्न मिल्ने आयोजनाले जनाएको छ । प्रसारण लाइनअन्तर्गत ४ सय ३ टा स्टिल टेलिस्कोपिक टुबुलर पोलहरु जडान गरिने छ । लाइन निर्माणको काम २८ महिनाभित्र सक्ने प्रवर्द्धक कम्पनीको लक्ष्य छ ।

प्रसारण लाइन निर्माण गर्दा कुनै उल्लेखनीय वातावरणीय प्रतिकूल प्रभाव पर्ने भएमा ३५ दिनभित्र विभाग वा कम्पनीको कार्यालयमा लिखित राय सुझाप पेश गर्ने विद्युत् विकास विभागले बिहीबार सूचना प्रकासित गरी सरोकारवाला सबैमा आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३