विद्युत अपडेट

  • प्राधिकरण : ६२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६२७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०१७७ मे.वा.घन्टा
  • आयात : ४७५३ मे.वा.घन्टा
  • निर्यात : ९८ मे.वा.घन्टा
  • ट्रिपिङ : ३५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८०५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७७ मे.वा.
२०८२ माघ ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–५ बडाचौर–खालि–डोग्रा क्षेत्रमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले पुरानो एचटिएलटी लाइन मर्मत–सुधार एवम् २ थान ट्रान्सफर्मर चार्ज गरी उक्त क्षेत्रका बरिब २०० घरधुरीमा विद्युत् पुर्‍याएको हो । 

बिजुली पुगेको त्यस क्षेत्रमा पालिकाले प्रत्येक घरधुरीलाई निःशुल्क विद्युत् मिटर समेत प्रदान गरेको छ । सोही मिटरबाट प्राधिकरणले पुर्‍याएको बिजुली बालेर गाउँ नै झिलिमिली पार्न पाएपछि स्थानीयबासी निकै खुसी देखिएका छन् । ‘अब इन्टरनेट, मोबाइल, कम्युटर, टिभी जस्ता उपकरण चलाउन र बत्ती बाल्न पनि सहज रूपमा बिजुली पाइने भयो,’ एक स्थानीयले भने, ‘सोलारको मधुरो बत्ती बाल्नु पर्ने बाध्यता अब हट्यो ।’

गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधिहरूको निरन्तर ताकेता एवम कार्यालयको अग्रसरताले विभिन्न बाधाहरू चिर्दै विद्युत् सेवा सुचारु गर्न सफल भएको हो । साथै स्थानीय जनप्रतिनिधिले विद्युतीकरण हुन बाँकी बस्तीहरू समेट्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३