images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली उत्पादन १६ घण्टाका लागि बन्द गरिएको छ । दोलखाको विगू गाउँपालिका– १ लामाबगरमा रहेको ४५६ मेगावाटको आयोजनाको बाँध क्षेत्रको सरसफाइका लागि सोमबार १६ घण्टाका लागि उत्पादन बन्द गरिएको आयोजनाका प्लान्ट म्यानेजर पूर्णगोपाल रञ्जितले बताए । आयोजनाको बाँधमा थुप्रिएको बालुवा सफा गर्न उत्पादन बन्द गर्नुपरेको उनले जानकारी दिए ।   

उनका अनुसार आयोजनाको जलाशयमा १ मिटरदेखि डेढ मिटर सतहसम्म बालुवा जम्मा भएको अनुमान गरिएको छ । 

‘वर्षातमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवासहित सामग्री जलाशयमा थुप्रिँदा पानी कम हुन्छ,’ उनले भने, ‘२ किलोमिटर लामो जलाशय सफा गरेपछि जलाशयमा पानी बढी हुन्छ । वर्षात् सकिएर हिउँद लाग्ने सिजन भएकाले आयोजनाले असोज लागेसँगै जलाशय सफा गर्ने तालिका बनाएको हो ।’ 

आंशिक जलाशय रहेको यो आयोजनामा हिउँदमा पनि पानी जम्मा गरेर दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । अनावश्यक फोहर सफा गर्दा जलाशयमा पानीको मात्रा बढाउन सकिने भएकाले हिउँदमा बढी विद्युत उत्पादन गर्न सकिन्छ ।’

म्यानेजर रञ्जितकारका अनुसार बिहान ४ बजेदेखि नै उत्पादन बन्द गरेर बाँध सरसफाइ भइरहेको छ । बाँधका ढोका खोल्दै बन्द गर्दै गरेर सरसफाइ गरिँदै छ । बाँधका ढोका खोल्ने र केही बेर बन्द गरेर पानी जम्मा गर्दै खोल्ने क्रम भइरहेको हो । पानी जम्मा गर्दा जम्मा भएको बालुवा पानीसँगै बगाएर सफा गरिन्छ । बाँधमा अन्य उपकरण लैजाने सडक नभएकाले पनि यो विधि अपनाइएको हो । यो क्रम सोमबार राती ८ बजेसम्म हुने उनले बताए ।

सफाइ अवधिमा बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत¸ गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सिन्धुलीको खुर्कोट सुनकोसीको दोभानसम्म नदीमा जलस्तर घटबढ भइरहेको छ ।

यो अवधिमा तामाकोसी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न/नगराउन आयोजनाले सरोकारवाला सबैसँग आग्रह गरेको छ । 

नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउनसमेत आयोजनाले आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit