विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका विषयमा बहस चलिरहँदा नजिकिदै गरेको प्रतिनिधिसभाको चुनावका लागि राजनीतिक दलहरूले हाइड्रोजन उत्पादन गर्ने प्रतिवद्धतासहित घोषणापत्र सार्वजनिक गरेका छन् । विश्वमा वैकल्पिक ऊर्जाको रुपमा विकास भइरहेको ग्रिन हाइड्रोजन नेपालमै उत्पादन गर्ने प्रतिवद्धतासहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेपालमा उत्पादन भएको विद्युत खपत बढाउन हाइड्रोजन उत्पादन गर्ने तथा वातावरणीय र आर्थिक हिसाबले प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरेका छन् । दलहरूले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा हाइड्रोजन उत्पादनदेखि प्लान्ट स्थापना गर्ने विषय समेटिएको छ ।

देश विकासका दीर्घकालीन र अल्पकालीन कार्ययोजना र लक्ष्यसहित सत्तासिन दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले आ–आफ्ना प्रतिबद्धता घोषणा गरेका छन् ।

माओवादी केन्द्रले विश्वमा बढ्दो ऊर्जा संकटलाई मध्यनजर गर्दै आवश्यक नीति र संस्थागत संरचना विकास गरी आगामी ५ वर्षमा हाइड्रोजन प्लान्ट स्थापना गर्ने प्रतिवद्धता जनाएको छ ।

यस्तै, कांग्रेसले जलस्रोतको बहुआयामिक उपयोग गर्दै ग्रिन हाइड्रोजन तथा ग्रिन एमोनियाको उत्पादन तथा बिक्री गर्ने घोषणा गरेको छ । नेपालले आर्थिक उपार्जनका लागि हाइड्रोजन ऊर्जाको प्रयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।

एमालेले पनि आफ्नो घोषणापत्रमार्फत हाइड्रोजन लगायत सबै प्रकारका ऊर्जाको समिश्रण र ऊर्जा बैंककाृे माध्यमबाट ऊर्जा सुरक्षाको प्रत्याभूति गरिने जनाएको छ ।

लामो समयदेखि ग्रीन हाइड्रोजनको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको काठमाडौं विश्वविद्यालयको पहलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनले नेपालमा हाइड्रोजन उत्पादन गर्न सकिने जनाएकाे छ । अहिले आवश्यक नीति बनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit