विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठामाडौं । देशका विभिन्न जिल्लामा जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका २० जलविद्युत कम्पनीले बिजुली बिक्री गरेर ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । यी कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ६ महिनामा उक्त आम्दानी गरेका हुन् ।

कम्पनीहरूकाे वित्तीय विवरणअनुसार उक्त अवधिमा ९ अर्ब १७ करोड १३ लाख ४५ हजार ८ सय रुपैयाँ आम्दानी भएकाे छ । कम्पनीहरूले आव २०७८/७९ को तुलनामा आम्दानी बढाएकाे देखिएकाे छ। गत वर्ष यही अवधिमा यस्ताे आम्दानी ८ अर्ब ९६ करोड २२ लाख १३ हजार ६ सय रुपैयाँ थियाे ।

यसैगरी, साेही अवधिमा बिजुली बिक्री गरेर आम्दानी गर्नेमध्ये १९ जलविद्युत कम्पनीले  १ अर्ब ६७ करोड ८७ लाख ५८ रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्ष २ अर्ब ३६ करोड ४२ लाख ३४ हजार २ सय ४७ रुपैयाँ मुनाफा कमाएका थिए ।

विद्युत बिक्रीबाट सबैभन्दा बढी अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आम्दानी गरेको छ । यो कम्पनीले दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत बिक्री गरी ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ । आयोजनाले गत २०७९ भदाैदेखि  उत्पादन सुरु गरेको हो ।

यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको बिजुली बिक्री गरेर ७४ करोड ४० लाख ५२ हजार ५ सय २५ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ३५ करोड ५८ लाख ८० हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको छ ।

आम्दानी गरेका कम्पनीहरूमा चिलिमे जलविद्युत कम्पनी लिमिटेड, खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड, छया्ङदी हाइड्रो पावर लिमिटेड, अरुण काबेली पावर लिमिटेड, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड रहेका छन् ।

यस्तै, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, अप्पर हेवा खोला पावर कम्पनी लिमिटेड, सानिमा माई हाइड्रो पावर लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, राधी विद्युत पावर कम्पनी लिमिटेड र बरुण हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन् ।

बिजुली बेचेर आम्दानी गर्नेमध्ये सबै भन्दा कम मन्दाकिनी हाइड्रो पावर लिमिटेडकाे रहेको छ । कम्पनीले यो अवधिमा ४ मेगावाटको सार्दी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बेचेर ५ करोड ५८ लाख २६ हजार ५ सय ९७ रुपैयाँ आम्दानी गरेको छ । यो कम्पनीले आवको पुससम्मको अवधिमा १ करोड २८ लाख ५१ हजार ५ सय २१ रुपैयाँ खुद नाफा कमाएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit