विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले मंसिरको दोस्रो सातादेखि ‘वेट टेष्ट (पानी भरेर परीक्षण तथा टवाईन घुमाउने)’ थाल्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण पूरा गरेको आयोजनाको परीक्षण सुरु हुन लागेको हो ।

आयोजनाको अहिले अन्तिम चरणमा इलेक्ट्रोमेकानिकलको छुटफुट र विद्युत् प्रवाह हुने प्रसारण लाइन निर्माणको काम भइरहेको कम्पनीका प्रखुम कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले बताए । ‘अन्तिम चरणको काम पूरा गरी मंसिरको दोस्रो साताबाट ‘वेट टेष्ट’ सुरु गर्छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘वेट टेष्ट पूरा भएपछि पुसभित्र उत्पादन परीक्षण सुरु गर्छौं ।’

आयोजनाको काम यसअघि नै सम्पन्न  गर्ने लक्ष्य भएपनि बाढीपहिरो, भूकम्प र कोभिडका कारण अन्योलमा परेर लक्ष्यभन्दा झण्डै ६ वर्षपछि निर्माण पूरा हुन लागेको हो ।

आयोजनाको लट १ अन्तर्गतका सिभिल तथा हाइड्रो मेकानिकलको काम सम्पन्न भइसकेको छ । यसैगरी, लट २ अन्तर्गतका प्रमुख उपकरणहरू जेनेरेटर, ट्रान्सफर्मर, टर्वाइनको जडानको छुटफुट कार्य भइरहेको छ । आयोजनाको विद्युत् प्रवाह हुने लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

लाइनको बाह्रबिसे हबमा हुने १३ वटा टावर खडा गरी ७ वटा टावरसम्म तार तान्ने काम सकिएको छ । बाँकी ६ टावरमा तार तान्ने क्रममा स्थानीयले तोकिएको मुआब्जाभन्दा बढी माग गरेर काम रोकेको शिवाकोटीले बताए । स्थानीयले नियमले तोकेको भन्दा बढी मुआब्जा माग गरेकोको काम रोकिएको थियो, अहिले यो समस्या समाधान हुने चरणमा छ ।

यसअघि आयोजनाबाट २०७९ पुसभित्र सक्ने लक्ष्य राखिए पनि विविध कारणले उत्पादन अवधि थप हुँदै गएको हो । २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्ष असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटाले म्याद थप हुँदै गएको हो ।

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२  अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।  आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको  ब्याजबाहेक .१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रो पावर कम्पनी लिको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोसी हाइड्रो पावर लिको १ प्रतिशत सेयर रहेको छ ।

४९ प्रतिशत सर्वसाधारण सेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको–१५ प्रतिशत) रहेका छन् ।

कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : मध्य भोटेकोसी

क्षमता : १०२ मेगावाट

आयोजनास्थल : सिन्धुपाल्चोक

प्रवर्द्धक : मध्य भोटेकोसी जलविद्युत् कम्पनी

सुरुङ : ७.२ किलोमिटर

प्रसारण लाइन : २२० केभी, ४ किलोमिटर

सबस्टेसन : बाह्रबिसे

विद्युत उत्पादन तालिका : २०८० कात्तिक

सिभिल तथा हाइड्रो मेकानिल ठेक्का : क्वाङ्सी कम्पनी, चिनियाँ

इलेक्ट्रो मेकानिकल : एड्रिज हाइड्रो

अनुमानित लागत : सुरुको १२ अर्ब २८ करोड ३३ लाख (ब्याज बाहेक), संशोधन १५ अर्ब ३ करोड २ लाख

ऋण लगानी : ५० प्रतिशत, स्वँपूजी : ५० प्रतिशत

पिपिए : हिउँदमा : प्रतियुनिट ८.४० रुपैयाँ, बर्खामा : ४.८० रुपैयाँ

वार्षिक ऊर्जा : ५४ करोड २२ लाख युनिट

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit