• प्राधिकरण : १०९१६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११४३२ मे.वा.घन्टा
  • आयात : ६८८ मे.वा.घन्टा
  • निर्यात : ३१०४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३३९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५६७ मे.वा.
×

प्राधिकरणले २ जलविद्युतगृहको विद्युत २२ दिनदेखि प्रणालीबाट छुटायाे, निजी क्षेत्र क्षतिपूर्ति माग्दै

२०७८ ब‌ैशाख २२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोजपुरमा सञ्चालित २ जलविद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीबाट बिच्छेद गरिदिएको छ । बर्खा सुरु नहुँदै प्राधिकरणले प्रसारण प्रणालीले नधानेको भन्दै ५ मेगावाटको पिखुवा र ८ मेगावाटको टक्सार पिखुवाको विद्युत बिच्छेद गरेको हो ।

१३ मेगावाटका यी आयोजनाको विद्युत प्रवाह हुने ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा –भोजपुर प्रसारण लाइन ‘ओभर लोडेड’ छ । प्राधिकरणले प्रसारण लाइन ओभर लोड भएको कारण देखाउँदै २२ दिन देखि नलिएपछि विद्युत खेर गइरहेको पिखुवाको प्रवर्द्धक इष्टर्न हाइड्रो पावर कम्पनीकी अध्यक्ष सुसन कर्मचार्यले बताइन् ।

‘बैशाख १ गतेदेखि नै दैनिक जसो हाम्रो आयोजनाको विद्युत प्रणालीबाट विच्छेद गराइएको छ,’ उनले ऊर्जा खबरसँग भनिन्,‘यो पिडा कहाँ गएर कसलाई भन्नु ? घरखेत धितो राखेर आयोजना बनाइयो प्रतिफल आउने बेलामा करोडौंको विद्युत खोलामा बगाउनु परेको छ ।’ प्राधिकरणको गैर जिम्मेवारी पनले आयोजनाको विद्युतगृह बन्द गर्नुपर्ने अवस्था आएको उनले  आराेप लगाइन् । 

प्राधिकरणले पिखुवाको प्रवद्र्धक कम्पनीसँग टेक अर पे प्रावधानको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो प्रावधानअनुसार प्राधिकरणका कारण आयोजनाको विद्युत खेर जाने अवस्था आएमा प्रवर्द्धक कम्पनीलाई क्षतिपूर्ति दिनुपर्छ ।

‘हामीले सम्झौताअनुसारको विद्युत दिन नसके प्राधिकरणले हर्जना तिराउँछ । तर, उसको कारणले महिना दिनदेखि करोडौंको विद्युत खेर जाँदा १ रुपैयाँ क्षतिपूर्ति छैन’ उनले भनिन् । उनले प्राधिकरणले विद्युत जोडिने वैकल्पि लाइनको व्यवस्था नगर्दा प्रसारण प्रणालीमा आएको समस्याका कारण विद्युत खेर जाँदा गुमाउनु परेको आम्दानीको भर्पाइ गर्न माग गरेकी छन् ।

कम्पनीले क्षतिपूर्तिका लागि बैशाख १ देखि १५ गतेसम्म पिखुवा प्रणालीबाट दैनिक बिच्छेद भएको विवरणसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत नियमन आयोग, जिल्ला प्रशासन कार्यालय भोजपुर, प्राधिकरण विराटनर प्रादेशिक कार्यालय, धनकुटा र भोजपुर वितरण केन्द्रमा क्षतिपूर्तिका लागि मागपत्र पेश गरेको छ ।

गत चैतदेखि विद्युत उत्पादन सुरु गरेको टक्सार पिखुवा पनि बैशाखदेखि चल्न पाएको छैन । प्रसारण प्रणालीमा समस्या देखाउँदै प्राधिकरणले यो आयोजनाको विद्युत प्रणालीबाट बिच्छेद गराइदिएको हो ।

माग व्यवस्थापन गर्न भारतबाट अरबौं रुपैयाँको विद्युत आयात भइरहँदा देशभित्रको उत्पादन खेर जाने अवस्था आउनु दुर्भाग्यपूर्ण हो । २२० केभी कोसी कोरिडोर प्रसारण लाइन सञ्चालनमा नआउँदासम्म यी आयोजनाले यो समस्या भोगिरहनुपर्नेछ ।

पिखुवा र टक्सार पिखुवासहित यो वर्ष संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाको २२ मेगावाट विद्युत खेर जाने प्राधिकरणले बताउँदै आएको छ । ३ मेगावाटको पिलुवा, ४.५ मेगावाटको हेवाखोला, ४ मेगावाटको सवाखोला र १ मेगावाटको तल्लो पिलुवाको विद्युत पनि खेर जाने अवस्था छ ।

गत वर्ष बर्खामा १४ मेगावाट विद्युत खेर गएकोमा यो वर्ष टक्सार पिखुवा थपिएकाले खेर जाने विद्युत परिमाण पनि बढेको हो । यो प्रसारण लाइनमा जोडिएका संखुवासभामा साढे १२ मेगावाटका ४, भोजपुरमा १३ मेगावाट २ र तेह्रथुममा साढे ७ मेगावाटको एउटा जलविद्युत आयोजना सञ्चालित छन् । प्रसारण लाइनको क्षमताअनुसार ११ मेगावाटमात्रै प्रवाह गर्न मिल्छ । 

बर्खायामको विद्युत खेर जान नदिन कोसी कोरिडोरको निर्माण पूरा भई यतिबेला परीक्षण पूरा भइसक्नु पर्ने थियो । विष्णुपादुकामा स्थानीयसँगको विवाद समाधान नहुँदा प्रसारण लाइनको एउटा टावर निर्माण हुन सकेको छैन ।

यी जलविद्युतगृहको विद्युत खपत हुने भोजपुर, तेह्रथुम, धनकुटा र संखुवासभाको विद्युत माग अधिकतम ८ र न्युनतम ३ मेगावाट हाराहारी मात्रै छ । अधिकतम खपत हुने समयमा पनि उत्पादन र खपतबीच ठूलो अन्तर छ । 

देशको विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन उत्पादन भएको सबै विद्युत प्रवाह हुन नसक्ना प्रवर्द्धकले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।  यता माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट विद्युत आयात गर्दा ठूलो धनरासी विदेशिएको छ ।

यस्तै खाले समस्या अधिकांश जलविद्युत आयोजनाले भोगिरहेका छन् । सोलु कोरिडोर पूरा नहुँदा २३.५ मेगावाटको सोलुखोलाको १७ मेगावाट बढी विद्युत १ वर्षदेखि खेर गइरहेको छ ।

सोलु कोरिडोर निर्माण अन्तिम चरणमा पुगेका आयोजनाले पनि प्रसारण लाइनको समस्या भोग्दै छन् । प्रसारण लाइन नभएकै कारण निर्माणाधीन आयोजनाको काम सुस्त छ । दोर्दी कोरिडोरको समस्या पनि यस्तै छ । प्रसारण लाइनको समस्याले माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोलालगायत आयोजनाले विद्युत उत्पादन सुरु गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit